default_image

2 years ago

December 23, 2023

नियाको गोलमा काठमाडौंलाई अग्रता

395 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गत लिग चरणको पहिलो खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटी एफसी विरुद्ध मध्यान्तर सम्म १-० को अग्रता बनाएको छ ।

प्लेअफमा आफ्नो स्थान बनाउन आज जित्नै पर्ने दवावमा रहेको काठमाडौंका लागि आन्द्रेस नियाले गोल गरेका हुन् । सुरुवाती समयदेखि निकै आक्रामक देखिएको काठमाडौंले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको हो । प्लेअफमा पुगिसकेको ललितपुर सिटीले भने आज स्वभाविक खेल पस्कन सकेको छैन ।

खेलको दोस्रो मिनेटमा नै काठमाडौंका अमित तामाङको क्रस ललितपुर गोलरक्षक जेफ्री बाल्टुसले समाते । छैठौं मिनेटमा ललितपुरका निखिल कदमका लागि पोस्टमा प्रहार गर्ने राम्रो अवसर थियो तर उनले पास खेल्न खोजेपछि मौका खेर गयो । सोही मिनेटमा अर्कोतर्फ काउन्टरमा शोखरूखको प्रहार ओमोलाजा करिमले ब्लक गरे ।

१०औं मिनेटमा दिनेश हेन्जनको क्रसमा कदमले एक्रोबेटिक प्रहार गर्न खोज्दा बलमा सम्पर्क बनाउन सकेनन् ।

२०औं मिनेटमा ललितपुर स्ट्राइकर पापा केबेको क्रस अमित तामाङले क्लियर गरे । ३४औं मिनेटमा पापाले निखिलका लागि खेलेको थ्रु-पास काठमाडौं गोलरक्षक एन्जल श्रेष्ठ बक्सको छेउमा आएर क्लियर गरे ।

३६औं मिनेटमा अनन्त तामाङको फ्रिकिक आकाशियो । ४३औं मिनेटमा भने ललितपुरलाई एक गोल पछाडि हुनबाट क्रसबारले बचायो । शोखरुखको फ्रिकिक बाल्टुसको पहुँचबाट टाढा क्रसबार्मा लाएर फर्कियो ।

थपिएको समयको पहिलो मिनेटमा शोखरुखको प्रहार अनन्तलाई लागेर बाहिरियो । त्यसपछिको कर्नरमा भने काठमाडौँले अग्रता लियो ।

छोटो कर्नर खेलेर तोजीदिनोभ कोमीवनले खेलेको क्रसमा आन्द्रेस नियाले हेडर मार्फत गोल गर्दै खेलमा काठमाडौंलाई अग्रता दिलाए ।

ललितपुर ७ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ। आजको पहिलो खेलमा वीरगन्जले बुटवल विरुद्ध हार बेहोरेसंगै ललितपुरको शिर्ष चारमा स्थान पक्का भएको हो। आज जित हासिल गर्न सके ललितपुर दोस्रो स्थानमा रहदै पोखरा विरुद्ध क्वालीफायर खेल्ने छ। उता काठमाडौँ पनि आज जित हासिल गर्न सकेमा झापाको यात्रा समाप्त गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गर्ने छ।

एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले सिधै फाइनलमा छनोट हुने क्वालिफायर खेल खेल्नेछन् । क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को क्वालिफायर खेल्न पाउनेछ । पोखरा थन्डर्सले पहिलो स्थान सुरक्षित गर्दै प्लेअफमा आफ्नो स्थान बनाइसकेको छ ।

November 9, 2025

विजय स्पोर्ट्स र लालीगुराँसको पहिलो जित

रविन्द्र वाईबा ,हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्सले जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। लिग अन्तर्गत आइतवार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा बर्दियाको जनजागृती युवा क्लबलाई ४-० गोलले र विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४-१ गोलले हराउँदै दुवै टोलीले लिगमा पहिलो जित निकालेको हो। लालीगुराँसका लागि आशिष गुरुङले ह्याट्रिकक […]

November 9, 2025

गोल कसको ? पास दिने चन्द्राको नाममा गोल दिदा सबै आश्चर्यमा

दिपक बोहोरा, दुधे (झापा) एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबबीचको खेलमा एक गोलले रंगशालामा अनौठो दृश्य देखियो । खेल प्रतिस्पर्धात्मक थियो । तर ६४ औँ मिनेटमा आएको विवादास्पद गोलले मैदानदेखि दर्शकदीर्घासम्म कौतुहल बढायो । घटना यसरी भयो । आर्मीकी अनिता लम्जेलले दिपा राईलाई बल पास दिइन् । दिपाले […]

November 9, 2025

गोल कसको ? पास दिने चन्द्राको नाममा गोल दिदा सबै आश्चर्यमा

गोल कसको ? पास दिने चन्द्राको नाममा गोल दिदा सबै आश्चर्यमा दिपक बोहोरा, दुधे (झापा) एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबबीचको खेलमा एक गोलले रंगशालामा अनौठो दृश्य देखियो । खेल प्रतिस्पर्धात्मक थियो । तर ६४ औँ मिनेटमा आएको विवादास्पद गोलले मैदानदेखि दर्शकदीर्घासम्म कौतुहल बढायो । घटना यसरी […]

Success

Thank you for your time.