default_image

4 months ago

December 23, 2023

ललितपुरलाई हराउँदै काठमाडौं पनि प्लेअफमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता काठमाडौं रेजर्स नेपाल सुपर लिग २ को प्लेअफमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शानिबार भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १-० ले हराउँदै काठमाडौं तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान पक्का गरेको हो । यस हारले ललितपुर भने चौथो स्थानमा रहेर प्लेअफ पुगेको छ । झापा भने यस […]

1586 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता काठमाडौं रेजर्स नेपाल सुपर लिग २ को प्लेअफमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा शानिबार भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १-० ले हराउँदै काठमाडौं तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान पक्का गरेको हो । यस हारले ललितपुर भने चौथो स्थानमा रहेर प्लेअफ पुगेको छ । झापा भने यस नतिजाले पाँचौ स्थानमा रहेर लिगको अन्त्य गर्न पुग्यो । ललितपुर, झापा, र बुटवलको समान १०-१० अंक भएपनि हेड टु हेडमा ललितपुर अघि रहेको हो ।

एनएसएलको क्वालिफायरमा अब सोमबार पोखरा थन्डर्स र धनगढी फुटबल क्लब खेल्नेछन् । उक्त कहिले जित्ने टोली सिधै फाइनल पुग्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका निम्ती विहीबार एलिमिनेटरको विजेतासँग खेल्नेछ । एलिमिनेटरमा मंगलबार पुन: ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स नै खेल्नेछन् ।

खेलको दोस्रो मिनेटमा नै काठमाडौंका अमित तामाङको क्रस ललितपुर गोलरक्षक जेफ्री बाल्टुसले समाते । छैठौं मिनेटमा ललितपुरका निखिल कदमका लागि पोस्टमा प्रहार गर्ने राम्रो अवसर थियो तर उनले पास खेल्न खोजेपछि मौका खेर गयो । सोही मिनेटमा अर्कोतर्फ काउन्टरमा शोखरूखको प्रहार ओमोलाजा करिमले ब्लक गरे ।

१०औं मिनेटमा दिनेश हेन्जनको क्रसमा कदमले एक्रोबेटिक प्रहार गर्न खोज्दा बलमा सम्पर्क बनाउन सकेनन् ।

२०औं मिनेटमा ललितपुर स्ट्राइकर पापा केबेको क्रस अमित तामाङले क्लियर गरे । ३४औं मिनेटमा पापाले निखिलका लागि खेलेको थ्रु-पास काठमाडौं गोलरक्षक एन्जल श्रेष्ठ बक्सको छेउमा आएर क्लियर गरे ।

३६औं मिनेटमा अनन्त तामाङको फ्रिकिक आकाशियो । ४३औं मिनेटमा भने ललितपुरलाई एक गोल पछाडि हुनबाट क्रसबारले बचायो । शोखरुखको फ्रिकिक बाल्टुसको पहुँचबाट टाढा क्रसबार्मा लाएर फर्कियो ।

थपिएको समयको पहिलो मिनेटमा शोखरुखको प्रहार अनन्तलाई लागेर बाहिरियो । त्यसपछिको कर्नरमा भने काठमाडौँले अग्रता लियो ।

छोटो कर्नर खेलेर तोजीदिनोभ कोमीवनले खेलेको क्रसमा आन्द्रेस नियाले हेडर मार्फत गोल गर्दै खेलमा काठमाडौंलाई अग्रता दिलाए ।

५५औं मिनेटमा निखिलले पापाका लागि खेलेको पास किङ्गे ओलिभरले रोके । ५९औं मिनेटमा शोखरुखको फ्रिकिक पोस्टको निकै टाढाबाट बाहिरियो ।

६२औं मिनेटमा एन्जलले पापाको प्रहारको उत्कृष्ट बचाउ गरे । ७१औं मिनेटमा बाल्टुसको क्लियरेन्स इमोहका लागि वान अन वान अवसरमा परिणत भएको थियो । तर एन्जल बक्सबाहिर आएर क्लियर गरे ।

७५औं मिनेटमा काठमाडौं १० जनामा सिमित भयो । खेल अन्तै चलिरहेको बेला अमित तामाङले निखिल कदममाथि हेडबट गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले फोर्थ अफिसियलको सुझाव लिएर अमितलाई रातो कार्ड देखाएका थिए ।

एक जनाको अग्रता भएतापनि ललितपुरले गोल भने गर्न सकेन । ८४औं मिनेटमा एन्जल बिट भइसकेपछि कुलदीप कार्कीले गाेलपोस्ट अगाडिबाट इमोहको पास सानदार ढंगले क्लियर गरेर गोल हुनबाट बचाए ।

थपिएको समयको पहिलो मिनेटमा सनिश श्रेष्ठको क्रसमा पापाले सिक्स यार्ड बक्स भित्रबाट बललाई जाली तर्फ प्रहार गर्न सकेनन् ।

यस खेलसँगै एनएसएलको लिग चरण पनि समाप्त भएको छ । पोखरा थन्डर्स १४ अंकसहित लिगको शीर्षस्थान तथा धनगढी १३ अंक जोड्दै दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाउन सफल भयो । तेस्रो स्थानमा काठमाडौं रेजर्स र चौथो स्थानमा ललितपुर सिटी रहे ।

झापा र बुटवल लुम्बिनी १०-१० अंकसहित पाँचौ र छैटौं तथा चितवन ९ अंक जोड्दै तालिकामा रहे । वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलाम समान ८-८ अंकका साथ अंक तालिकाको पुछारको दुई स्थानमा रहे ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.