default_image

2 years ago

December 23, 2023

ललितपुरलाई हराउँदै काठमाडौं पनि प्लेअफमा

1742 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता काठमाडौं रेजर्स नेपाल सुपर लिग २ को प्लेअफमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा शानिबार भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १-० ले हराउँदै काठमाडौं तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान पक्का गरेको हो । यस हारले ललितपुर भने चौथो स्थानमा रहेर प्लेअफ पुगेको छ । झापा भने यस नतिजाले पाँचौ स्थानमा रहेर लिगको अन्त्य गर्न पुग्यो । ललितपुर, झापा, र बुटवलको समान १०-१० अंक भएपनि हेड टु हेडमा ललितपुर अघि रहेको हो ।

एनएसएलको क्वालिफायरमा अब सोमबार पोखरा थन्डर्स र धनगढी फुटबल क्लब खेल्नेछन् । उक्त कहिले जित्ने टोली सिधै फाइनल पुग्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका निम्ती विहीबार एलिमिनेटरको विजेतासँग खेल्नेछ । एलिमिनेटरमा मंगलबार पुन: ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स नै खेल्नेछन् ।

खेलको दोस्रो मिनेटमा नै काठमाडौंका अमित तामाङको क्रस ललितपुर गोलरक्षक जेफ्री बाल्टुसले समाते । छैठौं मिनेटमा ललितपुरका निखिल कदमका लागि पोस्टमा प्रहार गर्ने राम्रो अवसर थियो तर उनले पास खेल्न खोजेपछि मौका खेर गयो । सोही मिनेटमा अर्कोतर्फ काउन्टरमा शोखरूखको प्रहार ओमोलाजा करिमले ब्लक गरे ।

१०औं मिनेटमा दिनेश हेन्जनको क्रसमा कदमले एक्रोबेटिक प्रहार गर्न खोज्दा बलमा सम्पर्क बनाउन सकेनन् ।

२०औं मिनेटमा ललितपुर स्ट्राइकर पापा केबेको क्रस अमित तामाङले क्लियर गरे । ३४औं मिनेटमा पापाले निखिलका लागि खेलेको थ्रु-पास काठमाडौं गोलरक्षक एन्जल श्रेष्ठ बक्सको छेउमा आएर क्लियर गरे ।

३६औं मिनेटमा अनन्त तामाङको फ्रिकिक आकाशियो । ४३औं मिनेटमा भने ललितपुरलाई एक गोल पछाडि हुनबाट क्रसबारले बचायो । शोखरुखको फ्रिकिक बाल्टुसको पहुँचबाट टाढा क्रसबार्मा लाएर फर्कियो ।

थपिएको समयको पहिलो मिनेटमा शोखरुखको प्रहार अनन्तलाई लागेर बाहिरियो । त्यसपछिको कर्नरमा भने काठमाडौँले अग्रता लियो ।

छोटो कर्नर खेलेर तोजीदिनोभ कोमीवनले खेलेको क्रसमा आन्द्रेस नियाले हेडर मार्फत गोल गर्दै खेलमा काठमाडौंलाई अग्रता दिलाए ।

५५औं मिनेटमा निखिलले पापाका लागि खेलेको पास किङ्गे ओलिभरले रोके । ५९औं मिनेटमा शोखरुखको फ्रिकिक पोस्टको निकै टाढाबाट बाहिरियो ।

६२औं मिनेटमा एन्जलले पापाको प्रहारको उत्कृष्ट बचाउ गरे । ७१औं मिनेटमा बाल्टुसको क्लियरेन्स इमोहका लागि वान अन वान अवसरमा परिणत भएको थियो । तर एन्जल बक्सबाहिर आएर क्लियर गरे ।

७५औं मिनेटमा काठमाडौं १० जनामा सिमित भयो । खेल अन्तै चलिरहेको बेला अमित तामाङले निखिल कदममाथि हेडबट गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले फोर्थ अफिसियलको सुझाव लिएर अमितलाई रातो कार्ड देखाएका थिए ।

एक जनाको अग्रता भएतापनि ललितपुरले गोल भने गर्न सकेन । ८४औं मिनेटमा एन्जल बिट भइसकेपछि कुलदीप कार्कीले गाेलपोस्ट अगाडिबाट इमोहको पास सानदार ढंगले क्लियर गरेर गोल हुनबाट बचाए ।

थपिएको समयको पहिलो मिनेटमा सनिश श्रेष्ठको क्रसमा पापाले सिक्स यार्ड बक्स भित्रबाट बललाई जाली तर्फ प्रहार गर्न सकेनन् ।

यस खेलसँगै एनएसएलको लिग चरण पनि समाप्त भएको छ । पोखरा थन्डर्स १४ अंकसहित लिगको शीर्षस्थान तथा धनगढी १३ अंक जोड्दै दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाउन सफल भयो । तेस्रो स्थानमा काठमाडौं रेजर्स र चौथो स्थानमा ललितपुर सिटी रहे ।

झापा र बुटवल लुम्बिनी १०-१० अंकसहित पाँचौ र छैटौं तथा चितवन ९ अंक जोड्दै तालिकामा रहे । वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलाम समान ८-८ अंकका साथ अंक तालिकाको पुछारको दुई स्थानमा रहे ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.