1 year ago
December 23, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाईटेडले हार बेहोरेको छ । वेस्ट ह्यामले आफ्नो मैदान लन्डन स्टेडियममा युनाइटेड २–० ले पराजित गरेको छ । वेस्ट ह्यामको जितमा जारेड बोवेन र मोहम्मद कुडुसले समान १ गोल गरे ।
बोवेनले ७२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । लुकस पाकेटाको सुन्दर लामो पासपछि उनले बल नियन्त्रणमा लिएर प्रहार गर्दा ओनानाले बचाएका थिए । तर उनको बचाउ पछि बल बावेनलाई नै लागेर गोलपोस्ट गोल भएको थियो ।
७८ औं मिनेटमा कोबि मैनुुको गल्ती पश्चात पाकेटाले मैदानको मध्यभाग बाट बल लिएर दौडिएपछि उनले दिएको पासमा कुडुसले गोल गर्दै जित निश्चित गरे । त्यसअघि खेलमा दुबै टोलीले गोलका लागि अवसर बनााउन सकेनन् । ३५औं मिनेटमा युनाइटेडका अलेहान्द्रो गार्नाचोले वान अन वान अवसरमा प्रहार गरेको बल विपक्षी गोलरक्षक अल्फोन्सो आरिओलालाई लाग्न पुग्यो ।
५६औं मिनेटमा बावेनको हेडर ओनानाले रोके । ६९औं मिनेटमा लुक शको क्रस कर्ट जुमाले बचाए । युनाइटेडले यो सिजन सबै प्रतियोगितामा गरि खेलेका २६ मध्ये १३ खेलमा हार बेहोरेको छ । नाइटेडले लिगका १८ खेलमा ९ जित, १ बराबरी र ८ हारका साथ २८ अंकका साथ आठौं स्थानमा छ ।
वेस्ट ह्यामले १८ खेलमा ९ जित, ३ बराबरी र ६ हार सहित ३० अंक जोडेर छैठौं स्थानमा उक्लिएको छ । शीर्षस्थानको आर्सनल र तेस्रो स्थानको लिभरपुलबीच आज प्रतिस्पर्धा हुनेछ । १७ खेलमा आर्सनलको ३९ अंक र लिभरपुलको ३८ अंक छ । एक खेल बढी खेलेको एस्टन भिल्ला ३९ अंकका साथ दोस्रो स्थानमा छ ।
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको अघिल्लो दिन आइतवार आयोजक नेपालसहित चारै टोलीले उपाधिको लागि खेल्ने बताएका छन् । दशरथ रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बोलेर भन्दा पनि मैदानमा खेलेर देखाउने बताइन्। उनले तयारी पनि यो पटक राम्रो भएको जिकिर गरिन्। नेपाली टोलीले पछिल्ला प्रतियोगिताहरुमा हार्दा डिफन्समा […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेल नखेल्ने भएकी छिन्। नेपालले सोमवार कीर्गिस्तान विरूद्धको खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साम्बा भोलि बिहान मात्र फ्रान्सबाट स्वदेश आइपुग्नेछिन्। प्रि म्याच कन्फरेन्समा आइतवार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टाढाबाट आउँदैछिन् र उनलाई आराम चाहिने […]
February 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ । आर्सनलले शनिवार लेस्टरलाई २-० ले पराजित गरेको हो । लेस्टरको घरेलु मैदानमा आर्सनलको जितमा दुवै गोल मिकेल मोरिनोले गरे । मोरिनले खेलको अन्तिम समय तिर गोल गरे । उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरे । आर्सनल २५ खेलबाट ५३ अंकका साथ […]