default_image

2 years ago

December 25, 2023

पोखरा र धनगढी फाइनल प्रवेशका लागि भिड्दै

943 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा अब ४ खेल बाँकी रहेका छन् । त्यसमध्येको पहिलो क्वालिफायरमा आज (सोमबार) पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

८ खेलको लिग चरणमा पोखरा शीर्ष स्थान र धनगढी दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेका थिए । ललितपुरले काठमाडौं विरुद्ध लिगको अन्तिम खेलमा जित हासिल गर्न नसकेपछि धनगढीको दोस्रो स्थान पक्का भएको हो । पोखराले भने अन्तिम खेल अगावै शीर्ष दुईमा आफ्नो स्थान पक्का गरिसकेको थियो । धनगढी लगातार दोस्रो र पोखरा पहिलो पटक क्वालिफायरमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी लिगको आज हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

पाँचौं स्थानमा रहँदै पहिलो संस्करणको यात्रा अन्त्य गरेको पोखराले यसपटक उच्च प्रदर्शन गर्यो । त्यति बेला ६ खेलमा समान २ जित, २ बराबर र २ हारका साथ ८ अंक जोडेको पोखरो यसटक ८ खेलमा ४ जित, ३ बराबर र १ खेलमा हार बेहोर्यो । टोलीले लिग चरणमा यसपटक १५ अंक बटुलेको थियो । यसपटक पोखरा एकमात्र खेलमा काठमाडौं रेजर्ससँग २–१ ले पराजित भएको थियो ।

नवीन न्यौपानेको प्रशिक्षणमा रहेको पोखराले लिग चरणमा ८ गोल गर्दा ५ गोलको सामना गरेको थियो । अघिल्लो संस्करणमा पनि पोखरा न्यौपानेकै प्रशिक्षणमा थियो । तर, व्यक्तिगत कारणले उनले यसपटक जस्तो पूरा समय टोलीलाई दिन पाएका थिएनन्। लिग चरणकै लय कायम राख्दै फाइनल पुग्ने लक्ष्य रहेको प्रशिक्षक न्यौपानेले बताएका छन् ।

पोखराले लिगको आफ्नो अन्तिम धनगढीसँग खेलेको थियो । त्यो खेल १–१ को बराबरीमा टुंगिएको थियो । यसपटक धनगढीले ८ खेलमा ३ जित, ४ बराबरी र १ हार बेहोर्दै १३ अंक बटुलेको थियो । धनगढीले ८ गोल गर्दा ७ गोलको सामना गरेको थियो । यसपटक पनि धनगढीलाई प्रशिक्षक युगल किशोर राईले सम्हालेका छन् । उनले पोखरालाई बलियो टोलीका रुपमा लिएको बताएका छन् ।

पहिलो संस्करणको लिग चरणमा धनगढीले ६ मध्ये ३ जित, १ बराबर र २ खेलमा हार बेहोरेको थियो । त्यति बेला क्वालिफायरमा काठमाडौं रेजर्सलाई २–१ ले हराउँदै फाइनलमा पुगेको थियो । फाइनलमा त्यहि काठमाडौंसँग १–० ले पराजित धनगढी दोस्रो बनेको थियो । त्यसअघि लिगमा धनगढीले पोखरालाई १–० ले हराएको थियो ।

आज हुने खेलको विजेताले सिधै फाइनलमा प्रवेश पाउनेछ । पराजित हुने टोलीले फाइनल पुग्नका लागि अर्को एउटा मौका पाउनेछ । आजको पराजित टोली र बुधबार एलिमिनेटर खेल्ने काठमाडौं र ललितपुर सिटी एफसीबीचको विजेतासँग खेल्नुपर्ने छ । अर्को खेल कुर्नुभन्दा पनि आजको खेल जितेर सिधै फाइनल पुग्नेमा पोखरा र धनगढीबीच हुने रस्साकस्सी रोचक हुने अपेक्षा गरिएको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.