default_image

2 years ago

December 25, 2023

पहिलो क्वालिफायर अतिरिक्त समयमा लम्बियो

964 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल ) मा पोखरा थन्डर्स र धनगढी एफसी बीच सोमबार जारी पहिलो क्वालिफायर खेल अतिरिक्त समयमा धकेलिएको छ ।

निर्धारित ९० मिनेटको समयमा दुबै टोलीले १-१ को बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा लम्बिएको छ ।

पहिलो हाफमा पोखराले खेलमा आफ्नो पकड बनाउँदै खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफको सुरुवात देखि नै धनगढीले खेलमा लगातार आक्रमण गर्दै बराबरी गोल गर्न सफल भयो ।

खेलको तेस्रो मिनेटमा नै पोखराका सुरज जिउ ठकुरीको कर्नर क्लियर भएपश्चात फ्रान्कलिन टाल्लाको हेडर धनगढीका गोलरक्षक मोहमद ताहाले बचाए । त्यसपछि जो आइडुको बक्स बाहिरको प्रहार आफ्नै टिममेटलाई लागेर बाहिरियो ।

पाँचौं मिनेटमा भने पोखराले खेलमा अग्रता लिन सफल भयो । स्टेफन अन्नोरको लामो पासलाई मोसेस ग्याबाले बायाँ फ्लान्कमा भेटाएपछि उनले खेलेको क्रसमा दिपेश आले मगरले पोस्टतर्फ प्रहार गर्न नसकेपनि बललाई आयुषको सामु डिफ्लेक्ट गरिदिए । आयुषले सो बलमा कुनै गल्ती नगरी पोखरालाई अग्रता दिलाए ।

आठौं मिनेटमा पोखराले अग्रता दोब्बर गर्ने अवसर गुमायो । दिनेश राजवंशीको लामो पासमा नरेन्द्र चौधरीको हेडरमा आयुषलाई स्पेसमा रन बनाउने राम्रो अवसर बनेको थियो । उनलाई सो रनमा आयुष चौधरीले रोक्न पुगेपनि उनले दिपेशलाई पास भने खेल्न भ्याए । तर सो पासमा दिपेशको प्रहार ताहाले बचाए ।

१८औं मिनेटमा अन्नोरको पासमा माेसेसको प्रहार पोस्टको दिशामा जान सकेन । २४औं मिनेटमा धनगढीले खेलमा पहिलो स्पष्ट मौका बनायो । अभिषेक गुरुङको क्रसमा अहमद हिजाजीको हेडर गाेललाइनमा नरेन्द्र चौधरीले ब्लक गरे ।

३१औं मिनेटमा जो आइडुको फ्रिकिक ताहाले बचाएर पोस्टमा धकेलिदिए । रिबाउन्डमा माेसेसको प्रहार पनि ताहाले बचाउन सफल भए ।

४७औं मिनेटमा हिजाजीले क्रस गर्न खोज्दा देवेन्द्र तामाङले बल क्लियर गरिदिए । त्यसपछिको कर्नरमा धनगढी बराबरी गर्नको निकाल नजिक आएर चुक्यो ।

कमल श्रेष्ठको कर्नरमा रिचार्ड अग्यमांगले फारपोस्टमा गरेको प्रहार क्रसबारमा लागेर फर्कियो । त्यसपछि ओलावाले अफिजको हेडर पोखरा गोलरक्षक यभ्स प्रिसोले बचाए ।

५४औं मिनेटमा हिजाजीको अर्को प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरेर कर्नरका लागि फालिदिए । सो कर्नरमा भने धनगढीले बराबरी गोल गर्यो । अभिषेक गुरुङले कमल श्रेष्ठलाई खेलेको छोटो कर्नर पछि उनको क्रसमा देवेन्द्रले हेडर मार्फत गोल गर्दै धनगढीलाई खेलमा फर्काए ।

५५औं मिनेटमा आयुषको पासमा मोसेसको प्रहार ताहाले लाइन अगाडि आएर बचाए । अर्को मिनेटमा फलु डियाग्नेले हिजाजीका लागि खेलेको पास प्रिसोले बक्स बाहिर आएर क्लियर गरे । ६०औं मिनेटमा आशिष चौधरीको क्रसमा हिजाजीको हेडर पोस्टको माथिबाट बाहिरियो ।

७२औं मिनेटमा सुरजको लामो पासमा माेसेसले गरेको कटव्याकमा टाल्लाले खाली रहेको अवस्थामा बललाई पोस्ट तर्फ पठाउन सकेनन् । ७८औं मिनेटमा धनगढीका रामचन्द्र वाजीको भली सिधै प्रिसोको हातमा जान पुग्यो ।

७९औं मिनेटमा प्रिसोले उत्कृष्ट बचाउ गर्दै ओलावालेको प्रहारलाई टारे । ७३औं मिनेटमा अर्कोतर्फ ताहाले उत्कृष्ट बचाउ गर्दै आईडुको हेडरलाई विफल पारे ।

यी दुई टोली लिग तालिकाको शीर्ष दुई स्थानमा रहँदै क्वालिफायर १ का लागि छनोट भएका थिए । आजको विजेता सिधै फाइनलमा आफ्नो स्थान बनाउन सफल हुने छ । पराजय भोग्ने टोलीले अझै एक मौका प्राप्त गर्ने छ । आज पराजित हुने टोलीले तेस्रो र चौथो भएका काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी बीचको विजेता विरुद्ध फाइनल प्रवेशका लागि क्वालिफायर २ खेल्नेछ ।

काठमाडौं र ललितपुर बीचको खेल मंगलबार हुनेछ । क्वालिफायर २ बिहीबार हुने छ । फाइनल शनिबार हुने छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.