default_image

2 months ago

December 25, 2023

पोखरा र धनगढीको‌ खेल पेनाल्टीमा गयो

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्स र धनगढीबीच दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायर पेनाल्टीमा गएको छ । लिग तालिकामा शीर्ष स्थानमा रहँदै प्लेअफमा आफ्नो स्थान बनाएको पोखराले क्वालिफायर १ मा साविक उपविजेता धनगढी एफसीबीचको खेल २-२ को‌ बराबरीमा‌ टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो। दशरथ रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटमा १-१ […]

834 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्स र धनगढीबीच दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायर पेनाल्टीमा गएको छ ।

लिग तालिकामा शीर्ष स्थानमा रहँदै प्लेअफमा आफ्नो स्थान बनाएको पोखराले क्वालिफायर १ मा साविक उपविजेता धनगढी एफसीबीचको खेल २-२ को‌ बराबरीमा‌ टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो।

दशरथ रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटमा १-१ र थप समयमा २-२ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो। थप समयको अन्तिम मिनेटमा गोल गर्दै धनगढी खेलमा फर्किएको थियो। त्यसअघि थप समयको १३ औं मिनेटमा पोखराले गोल गर्दै दोस्रो पटक अग्रता लिएको थियो।

February 22, 2024

लिभरपुलको सानदार जित

एजेन्सी- लिभरपुलले इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ। लिभरपुलले बुधबार लुटन टाउनलाई ४–१ गोलले हराएको हो । लिभरपुलका लागि भर्जिल भान डाइक, कोडी गाक्पो, लुइस डियाज र हार्भे इलियटले गोल गरे । खेलमा अग्रता भने लुटनले‌ लिएको थियो। चियोडोजी ओग्बेनेले १२औं मिनेटमा गोल गरेका थिए। भान डाइकले ५६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए। गाक्पोले ५८औं […]

February 22, 2024

बार्सिलोना बराबरीमा‌ रोकियो

एजेन्सी- बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बराबरी रोकिएको छ। बुधबार बार्सिलोना र नेपोलीले १–१ को बराबरी खेलेका हुन् । नेपल्समा भएको खेलमा बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीको गोलमा ७० औं अग्रता लिएको थियो । त्यसपछि ५ मिनेटपछि नेपोलीका लागि भिक्टर ओसिमहेनले बराबरी गोल फर्काएका थिए । अर्को अन्तिम १६ को पहिलो पोर्टोले आर्सनललाई १-० ले हराएको […]

February 22, 2024

पोर्टोसँग आर्सनलको हार

एजेन्सी- इंग्लिस प्रिमियर लिग टोली आर्सनल च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ। बुधबार पोर्टोले आर्सनललाई १-० ले हराएको हो ।इन्ज्युरी समयको चौथो मिनेटमा गालेनोले गोल गरेपछि पोर्टोको जित सम्भाव भएको हो । अन्तिम समयमा सम्हालिन नसक्दा आर्सनलले हार बेहोरेको छ। बराबरीतर्फ उन्मुख खेलमा ब्राजिलियन खेलाडीले उत्कृष्ट गोल गरेका हुन् । खेलमा दबाब […]

Success

Thank you for your time.