2 years ago
December 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग(एनएसएल ) प्लेअफ इलिमिनेटर जारी खेलमा ललितपुर सिटी एफसीले मध्यान्तर सम्म काठमाडौं रेजर्स विरुद्ध २-० को अग्रता बनाएको छ ।

दशरथ रंगशालामा ललितपुरका लागि इमोह इजिकिएल र पापा केबेले समान एक गोल गरेका हुन् ।
खेलको दोस्रो मिनेटमा नै ललितपुर द्वय पापा केबे र दिनेश हेन्जनको बक्सको छेउमा वान-टु पछि दिनेशको प्रहार ब्लक भएर बाहिर गयो । चौथो मिनेटमा काठमाडौंका सुशील यादवको क्रस आज पहिलो खेल खेलिरहेका आश्विन घोरासैनीले राम्रो ब्लक गरे ।
आठौं मिनेटमा ललितपुरका निखिल कदमको क्रस कुलदीप कार्कीले क्लियर गरे ।
११औं मिनेटमा ललितपुरका इमोह इजिकिएलले किंगे ओलिभरको खुट्टाबाट बल खोसेर दिनेशका लागि दिएको कटब्याकमा उनले ओपन नेटमा गोल गर्न सकेनन् ।२२औं मिनेटमा निखिलको क्रस आन्द्रेस नियाले क्लियर गरे ।
३६औं मिनेटमा भने ललितपुरले खेलमा अग्रता लियो । सनीश श्रेष्ठको क्रस अन्जन राईले क्लियर गरेपछि राजीव लोप्चनको खुट्टामा लागेर पापा केबेका लागि अवसर सिर्जना भयो । तर उनको प्रहार काठमाडौं गोलरक्षक एन्जल श्रेष्ठले बचाएपनि रिबाउन्डमा इमोहले सहजै बललाई गाेलपोस्टमा पठाउँदै आफ्नो टोलीलाई अग्रता दिलाए ।
३९औं मिनेटमा काठमाडौँलाई खेलमा बराबरी गर्ने राम्रो फ्रिकिक अवसर आएको थियो तर शोखरुखले सो फ्रिकिक सिधै ललितपुर गोलरक्षक जेफ्री बाल्टुसको हातमा प्रहार गरे ।
४४औं मिनेटमा ललितपुरले दोस्रो गोल गर्यो । निखिलको कर्नरमा अनन्त तामाङको हेडर कुलदीप कार्कीले क्लियर गरेर बल क्रसबारमा लागेपछि पापाले सहजै गोल गर्न सफल भएका थिए ।
आजको खेल जित्ने टोलीले फाइनल प्रवेशका पोखरा थन्डर्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नुपर्नेछ । सोमबार भएको रोमान्चक खेलमा धनगढीसँग टाइब्रेकरमा ४-३ ले पराजित भएपछि पोखराले फेरि खेल्ने अवसर पाउनेछ। धनगढी भने शनिबार हुने फाइनलमा प्रवेश गरिसकेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]