default_image

2 years ago

December 26, 2023

काठमाडौंलाई हराउँदै ललितपुर दोस्रो क्वालिफायरमा

2082 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै मंगलबार ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

दशरथ रंगशालामा भएको खेलमा ललितपुरले १० खेलाडीमा सिमित काठमाडौंलाई ३-० ले हराएको हो ।ललितपुरका लागि इमोह इजिकिएलले २ र पापा केबेले १ गोल गरेका हुन् ।

योसँगै ललितपुरले काठमाडौंसँग हारको सिलसिलालाई अन्त्य गरेको छ । जारी सिजनको र पहिलो संस्करणको लिगमा ललितपुर १-०ले पराजित भएको थियो। त्यस्तै पहिलो संस्करणको‌ दोस्रो क्वालिफायरमा काठमाडौंले ललितपुरलाई ३-० ले हराएको थियो। यस पटक एलिमिनेटरमा ललितपुरले सोही अन्तरको जित निकालेको छ।

फाइनल पुग्नका लागि ललितपुरले बिहीबार पोखरा थन्डर्सको‌ सामना गर्नेछ । पहिलो क्वालिफायरमा सोमबार पोखरालाई टाइब्रेकरमा ४-३ले हराउँदै धनगढी एफसी फाइनल पुगिसकेको छ।

खेलको दोस्रो मिनेटमा नै ललितपुर द्वय पापा केबे र दिनेश हेन्जनको बक्सको छेउमा वान-टु पछि दिनेशको प्रहार ब्लक भएर बाहिर गयो । चौथो मिनेटमा काठमाडौंका सुशील यादवको क्रस आज पहिलो खेल खेलिरहेका आश्विन घोरासैनीले राम्रो ब्लक गरे ।

आठौं मिनेटमा ललितपुरका निखिल कदमको क्रस कुलदीप कार्कीले क्लियर गरे । ११औं मिनेटमा ललितपुरका इमोह इजिकिएलले किंगे ओलिभरको खुट्टाबाट बल खोसेर दिनेशका लागि दिएको कटब्याकमा उनले ओपन नेटमा गोल गर्न सकेनन् ।२२औं मिनेटमा निखिलको क्रस आन्द्रेस नियाले क्लियर गरे ।

३६औं मिनेटमा भने ललितपुरले खेलमा अग्रता लियो । सनीश श्रेष्ठको क्रस अन्जन राईले क्लियर गरेपछि राजीव लोप्चनको खुट्टामा लागेर पापा केबेका लागि अवसर सिर्जना भयो । तर उनको प्रहार काठमाडौं गोलरक्षक एन्जल श्रेष्ठले बचाएपनि रिबाउन्डमा इमोहले सहजै बललाई गाेलपोस्टमा पठाउँदै आफ्नो टोलीलाई अग्रता दिलाए ।

३९औं मिनेटमा काठमाडौँलाई खेलमा बराबरी गर्ने राम्रो फ्रिकिक अवसर आएको थियो तर शोखरुखले सो फ्रिकिक सिधै ललितपुर गोलरक्षक जेफ्री बाल्टुसको हातमा प्रहार गरे ।

४४औं मिनेटमा ललितपुरले दोस्रो गोल गर्यो । निखिलको कर्नरमा अनन्त तामाङको हेडर कुलदीप कार्कीले क्लियर गरेर बल क्रसबारमा लागेपछि पापाले सहजै गोल गर्न सफल भएका थिए ।

पहिलो हाफमा थपिएको समयमा इमोहले पापाको फ्लिक हेडर पासपछि पाएको अवसरमा गोल्पोस्त्मा प्रहार गर्न सकेनन् ।

दोस्रो हाफको सातौं मिनेटमा ललितपुरले तेस्रो गोल गर्यो । निखिलको क्रसमा इमोहले फारपोस्टमा फ्रि हेडर मार्फत गोल गर्दै तीन गोलको अग्रता बनायो ।

५४औं मिनेटमा काठमाडौंका गणेश हमालको क्रसमा एन्केन्ग्वे जुनियरको प्रहार ब्लक भएर बाहिरियो । ६३औं की एटम शोखरुखले फ्रिकिक पोस्टको थोरै माथि प्रहार गरे ।

७४औं मिनेटमा काठमाडौं १० जनामा सिमित भयो । कप्तान अन्जन राई दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि काठमाडौं १० जनामा सिमित भएको थियो ।

त्यसपछि पनि ललितपुरले लगातार आक्रमण बुनिरहेको थियो । ७५औं मिनेटमा इमोहको फ्रिकिकमा अनन्तको हेडर पश्चात पापाको एक्रोबेटिक प्रहारमा उनले बलमा सम्पर्क लगाउन सकेनन् ।

८०औं मिनेटमा शोखरुखले बक्स बाहिरबाट पोस्टको माथि प्रहार गरे । ८३औं मिनेटमा पापाको प्रहार एन्जलले सहजै समाते ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.