2 years ago
December 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को विजेताको पुरस्कार राशी विगतको भन्दा दोब्बर हुने भएको छ । एनएसएलको दोस्रो संस्करणको विजेताले उपाधिसहित ७० लाख रुपैयाँ प्राप्त गर्नेछ । सन् २०२१ को विजेताले ३५ लाख रुपैयाँ पाएको छ ।

एनएसएलको आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) का प्रवन्ध निर्देशक श्रेयंश कार्कीले फाइनलको तीन दिन अघि विज्ञप्ती जारी गर्दै विजेतो ७० लाख रुपैयाँ पाउने जनाएको छ । दोस्रो हुने टोलीको २० लाख रुपियाँ प्राप्त गर्नेछ । एनएसइएमकी अध्यक्ष आश्रयता कार्की चौधरीले नेपाली फुटबलको स्तर उकास्न प्रतिबद्धता व्यक्त गरेको सोही विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘हाम्रो उद्देश्य नेपाली फुटबललाई व्यावसायिक बनाउनु हो, खेलाडीहरूले खेलकुदभित्र फस्टाउन र दिगो करियर बनाउन सक्ने वातावरण सिर्जना गर्नु हो,’ उनले भनेकी छिन्, ‘विदेशमा अवसरहरू खोज्ने आवश्यकतालाई कम गर्न हामी थप गर्न समर्पित छौं । नेपालमा फुटबलको विकासलाई निरन्तरता दिँदै आगामी संस्करणहरूमा पुरस्कार राशिलाई थप वृद्धि गर्न हामी समर्पित छौं ।’
यस्तै एनएसइएमले उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र इमर्जिङ खेलाडीले पाउने पुरस्कार राशी पनि सार्वजनिक गरिएको छ । दोस्रो संस्करणको उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउने छन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र इमर्जिङ खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्ने छन् ।
एनएसएलले नयाँ च्याम्पियन पाउने पक्का
एनएसएलको दोस्रो संस्करणले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । साविक विजेता काठमाडौं रेजर्स एलिमिनेटर बाट बाहिरिएसँगै एनएसएलमा यसपटक नयाँ टोलीले उपाधि उचाल्ने निश्चित भएको हो ।
दशरथ रंगशालामा जारी एनएसएसलमा ललितपुर सिटी एफसी विरुद्ध मंगलबार ३–० ले पराजित भए सँगै काठमाडौंको उपाधि यात्रामा पूर्णविराम लागेको हो । लिग चरणको अन्तिम खेलमा ललितपुर विरुद्ध नै १–० को जित निकाल्दै प्लेअफमा स्थान बनाएको काठमाडौंको बाहिरिएपछि अब ३ टोली उपाधि दौडमा बाँकी रहेका छन् ।

पहिलो क्वालिफायरमा सोमबार पोखरा थन्डर्सलाई टाईब्रेकरमा ४–३ ले हराउँदै धनगढी एफसीले फाइनलमा पुगेको थियो । निर्धारित र थप ३० मिनेटमा २–२ बराबरीमा खेल टुंगिएपछि धनगढीले पेनाल्टी सुट आउटमा बाजी मारेको थियो ।
यसपटक उपाधि दौडमा बाँकी रहेका ३ टोली मध्ये धनगढीसँग मात्र एनएसएलको फाइनल खेलेको अनुभव छ । पहिलो संस्करणमा पनि पहिलो क्वालिफाइयर जित्दै फाइनल पुगेको धनगढी फाइनलमा पराजित भएको थियो । क्लालिफाइनलमा काठमाडौंलाई हराउँदै अघि बढेको धनगढी फाइनलमा सोही टोलीसँग १–० ले पराजित भएको थियो ।
पहिलो क्वालिफायरको पराजित पोखरा र एलिमिनेटरको विजेता ललितपुरबीच बिहीबार हुने दोस्रो क्वालिफायरमा जित्ने टोलीले फाइनलमा धनगढीको सामना गर्नेछ । पोखरा र ललितपुरबीचको खेलको निर्णय पहिलो पटक बिहीबारको जित हारमा हुनेछ । यसअघि दुबै भेटमा यि दुईले अंक बाढेका थिए । लिग चरणमा यसपटक र सन् २०२१ को पहिलो संस्करणमा पनि पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका थिए ।
एनएसएलको उपाधि होडमा तीन टोली बाकी रहेका छन् । धनगढी एफसी फाइनलमा प्रवेश गरिसकेको छ भने पोखरा थन्डर्स र ललितपुर सिटी एफसी फाइनल प्रवेशका लागि बिहीबार भिड्दै छन् । काठमाडौं रेजर्स इलिमिनेटरमा मंगलबार ललितपुर विरुद्ध हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]