2 years ago
December 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फाइनल पुग्ने दोस्रो टोलीको निर्णय आज (बिहीबार) हुँदैछ ।

धनगढी एफसीसँग हुने फाइनलका लागि आज दोस्रो क्वालिफायरका लागि पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ः३० बजे सुरु हुने छ ।
फाइनल पुग्ने अन्तिम मौका लागि सदुपयोग गर्न दुबै टोलीले हरसम्भव प्रयास गर्नेछन् । दुई मध्ये जुन टोली विजयी भएपनि उसको पहिलो फाइनल यात्रा हुनेछ । त्यसअर्थ दुबै टोलीले मौका खेर जान नदिने प्रयास गर्नेछन् ।
पोखरा र धनगढबीच भएको पहिलो क्वालिफायर जस्तै आजको खेल पनि रोमान्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । निर्धारित समय र थप समय र टाइब्रेकरमा पछि परेर पनि खेल उल्टाउन सफल भएको धनगढी लगातार दोस्रो पटक पहिलो क्वालिफायरबाटै फाइनल पुगेको थियो ।
पोखरालाई टाईब्रेकरमा ४–३ ले हराउँदै धनगढी एफसीले फाइनलमा पुगेको थियो । निर्धारित र थप ३० मिनेटमा २–२ बराबरीमा खेल टुंगिएपछि धनगढीले पेनाल्टी सुट आउटमा बाजी मारेको थियो ।
पोखरा र ललितपुरलले यसअघि दुबै भेटमा अंक बाढेका थिए । लिग चरणमा यसपटक र सन् २०२१ को पहिलो संस्करणमा पनि पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका थिए ।
एलिमिनेटरमा ललितपुर काठमाडौंलाई ३–० हराउदै आजको खेलमा आइपुगेको हो । लिग चरणको अन्तिम खेलमा काठमाडौं विरुद्ध नै १–० को हार बेहोर्दै चौथो स्थानमा रहि प्लेअफमा स्थान बनाएको ललितपुरले दोस्रो खेलमा भने काठमाडौँलाई सहजै ३–० हराएको हो । लिगमा उच्च प्रदर्शन गरेको पोखरा शीर्षस्थानमा रहदै क्वालिफायरमा पुगेको थियो ।
पछिल्लो सिजनको विजेता काठमाडौं बाहिरिए सँगै यस पटक नयाँ विजेता हुने पनि पक्का भएको छ । यस पटक उपाधि जित्ने ले ७० लाख पाउने आयोजकले जानकारी दिएका छन् । यस्तै उपविजेताले २० लाख पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले २ लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र इमर्जिङ खेलाडीले जनही १ लाख रुपैयाँ पाउने छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]