default_image

2 years ago

December 28, 2023

दोस्रो क्वालिफायर पनि अतिरिक्त समयमा लम्बियो

544 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिगको ललितपुर सिटी एफसी र पोखरा थन्डर्स बीचको दोस्रो क्वालिफायर अतिरिक्त समयमा गएको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा जाने भएको हो ।

पहिलो क्वालीफायरमा अतिरिक्त समय र टाईब्रेकर समेत खेलेको पोखराले लगातार दोस्रो खेल अतिरिक्त समयसम्म खेल्ने भएको हो । पहिलो हाफमै १० खेलाडीमा सिमित भएको ललितपुरले इमोह एजेकेलको गोलमा अग्रता लिएपनि दोस्रो हाफमा पापा अनोरले पोखरालाई फर्काए ।

पहिलो मिनेटमा नै ललितपुरका सनिश श्रेष्ठको क्रस पोखराका गोलरक्षक यभ्स प्रिसोले समाते । तेस्रो मिनेटमा पोखराका स्टेफन अन्नोरको प्रहारले ललितपुर गोलरक्षक जेफ्रि बाल्टुसलाई दुःख दिन सकेन ।

अर्को मिनेटमा पोखराकै सुरज जिउ ठकुरीको क्रसमा माेसेस ग्याबाको हेडर पोस्टतर्फ जान सकेन । छैठौं मिनेटमा आधित्य शाक्यले बक्स बाहिरबाट लिएको प्रहार शक्तिशाली रहन सकेन ।

आठौं मिनेटमा पुनः ललितपुरका निखिल कदमले बक्स बाहिरबाट लिएको शक्तिशाली प्रहार प्रिसोको सिधा जान पुग्यो ।

२८औं मिनेटमा सुरजको कर्नरमा दिनेश राजवंशी र मोसेस ठोकिएपछि राम्ररी हेडर प्रहार गर्न सकेनन् । ३२औं मिनेटमा जो आइडुको क्रसमा माेसेसको हेडर डिफ्लेक्ट भएर पोस्टको थोरै टाढाबाट बाहिरियो ।

३४औं मिनेटमा ललितपुर १० जनामा सिमित भयो । मिडफिल्डर निखिल दोस्रो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि ललितपुर १० जनामा सिमित भएको हो । ४२औं मिनेटमा नरेन्द्र चौधरीको क्रसमा माेसेसले हेडर पोस्ट तर्फ प्रहार गर्न सकेनन् ।

इन्ज्युरी समयको पहिलो मिनेटमा ललितपुरले काउन्टर अट्याकमा अग्रता लियो । पापा इबु केबेले आफ्नै हाफबाट दिएको लामो पासमा इमोहले अफसाइड ट्रयाप बिट गर्दै बल अघि बढाए । इमोहले दिनेश र क्वेटेको दबाब छिचोल्दै पेनाल्टी क्षेत्रभित्र पुगेर इभ्स प्रिसोलाई सहजै बिट गरे ।

५२औं मिनेटमा आइडुको लङ्ग रेन्ज प्रहार बाल्टुसले समाते । ५४औं मिनेटमा आयुष घलानले बक्स बाहिरबाट गरेको प्रहार पोस्टको थोरै टाढाबाट बाहिरियो ।

६३औं मिनेटमा दिनेश राजवंशीको फ्रिकिक बाल्टुसले फेरि समाते । ७१औं मिनेटमा पोखराले बराबरी गोल फर्कायो । आइडुको क्रसमा अन्नोरले हेडर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

८८औं मिनेटमा अनन्तको हेडरले पोस्टको दिशा लिन सकेन । इन्ज्युरी समयको तेस्रो मिनेटमा निरज चौधरीको प्रहार प्रिसोले बचाए ।

लिग तालिकामा शिर्ष स्थान हासिल गरेको पोखरा पहिलो क्वालीफायरमा धनगढी विरुद्ध टाईब्रेकरमा पराजित हुँदै दोस्रो क्वालीफायर खेल्न बाध्य भएको हो भने ललितपुर इलिमिनेटरमा काठमाडौँलाई ३-० ले पराजित गर्दै यहाँको यात्रा तय गरेको हो । धनगढी शनिबार हुने फाइनलमा प्रवेश गरिसकेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.