9 months ago
December 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी फुटबल क्लबले उपाधि भिडन्तमा स्थान बनाएको छ ।
दशरथ रंगशालामा अतिरिक्त समयसम्म लम्बिएको खेलमा २-१ को रोमान्चक जित दर्ता गर्दै ललितपुर फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमै १० खेलाडीमा सिमित ललितपुरले खेलको ९० मिनेट भन्दा बढी समय कम खेलाडीमा खेलेपनि जित दर्ता गर्यो ।
खेलको ३३ औं मिनेटमा निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा सिमित भएको थियो । त्यसका बाबजुद पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलले ललितपुरलाई अग्रता दिलाए । दोस्रो हाफमा पापा अनोरले पोखराका लागि बराबरी गोल फर्काए । अतिरिक्त समयको पहिलो हाफमा कुशल देउवाले गोल गर्दै ललितपुरलाई अघि बढाएका थिए ।
ललितपुरले जित हासिल गरेसँगै अब उपाधिका लागि धनगढी र ललितपुरले खेल्नेछन् । फाइनल शनिबार हुनेछ ।
पहिलो मिनेटमा नै ललितपुरका सनिश श्रेष्ठको क्रस पोखराका गोलरक्षक यभ्स प्रिसोले समाते । तेस्रो मिनेटमा पोखराका स्टेफन अन्नोरको प्रहारले ललितपुर गोलरक्षक जेफ्रि बाल्टुसलाई दुःख दिन सकेन ।
अर्को मिनेटमा पोखराकै सुरज जिउ ठकुरीको क्रसमा माेसेस ग्याबाको हेडर पोस्टतर्फ जान सकेन । छैठौं मिनेटमा आधित्य शाक्यले बक्स बाहिरबाट लिएको प्रहार शक्तिशाली रहन सकेन ।
आठौं मिनेटमा पुनः ललितपुरका निखिल कदमले बक्स बाहिरबाट लिएको शक्तिशाली प्रहार प्रिसोको सिधा जान पुग्यो ।
२८औं मिनेटमा सुरजको कर्नरमा दिनेश राजवंशी र मोसेस ठोकिएपछि राम्ररी हेडर प्रहार गर्न सकेनन् । ३२औं मिनेटमा जो आइडुको क्रसमा माेसेसको हेडर डिफ्लेक्ट भएर पोस्टको थोरै टाढाबाट बाहिरियो ।
३४औं मिनेटमा ललितपुर १० जनामा सिमित भयो । मिडफिल्डर निखिल दोस्रो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि ललितपुर १० जनामा सिमित भएको हो । ४२औं मिनेटमा नरेन्द्र चौधरीको क्रसमा माेसेसले हेडर पोस्ट तर्फ प्रहार गर्न सकेनन् ।
इन्ज्युरी समयको पहिलो मिनेटमा ललितपुरले काउन्टर अट्याकमा अग्रता लियो । पापा इबु केबेले आफ्नै हाफबाट दिएको लामो पासमा इमोहले अफसाइड ट्रयाप बिट गर्दै बल अघि बढाए । इमोहले दिनेश र क्वेटेको दबाब छिचोल्दै पेनाल्टी क्षेत्रभित्र पुगेर इभ्स प्रिसोलाई सहजै बिट गरे ।
५२औं मिनेटमा आइडुको लङ्ग रेन्ज प्रहार बाल्टुसले समाते । ५४औं मिनेटमा आयुष घलानले बक्स बाहिरबाट गरेको प्रहार पोस्टको थोरै टाढाबाट बाहिरियो ।
६३औं मिनेटमा दिनेश राजवंशीको फ्रिकिक बाल्टुसले फेरि समाते । ७१औं मिनेटमा पोखराले बराबरी गोल फर्कायो । आइडुको क्रसमा अन्नोरले हेडर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
८८औं मिनेटमा अनन्तको हेडरले पोस्टको दिशा लिन सकेन । इन्ज्युरी समयको तेस्रो मिनेटमा निरज चौधरीको प्रहार प्रिसोले बचाए ।
९४औं मिनेटमा एन्जल महर्जनले बक्स बाहिरबाट पोस्टको माथि प्रहार गरे । ९९औं मिनेटमा ललितपुरले खेलमा पुनः अग्रता लिन सफल भयो । ओमोलाजा करिमको फ्रिकिकमा अनन्तको हेडर पश्चात पोखराको डिफेन्सले बल क्लियर गर्न नसकेपछि कुशल देउवाले गोल गर्दै खेलमा ललितपुरलाई पुनः अग्रता दिलाए ।
अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा फ्रान्कलिन टाल्लाले सिक्स यार्ड बक्स बाट पोस्टको माथि प्रहार गरे ।
१०९औं मिनेटमा पोखराका गोलरक्षक प्रिसो फ्रिकिक प्रहार गर्न अगाडि आएका थिए । तर उनको फ्रिकिक पोस्टको निकै माथिबाट बाहिरियो
लिग तालिकामा शिर्ष स्थान हासिल गरेको पोखरा पहिलो क्वालीफायरमा धनगढी विरुद्ध टाईब्रेकरमा पराजित हुँदै दोस्रो क्वालीफायर खेल्न बाध्य भएको हो भने ललितपुर इलिमिनेटरमा काठमाडौँलाई ३-० ले पराजित गर्दै यहाँको यात्रा तय गरेको हो । धनगढी शनिबार हुने फाइनलमा प्रवेश गरिसकेको थियो ।
September 19, 2024
सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]
September 19, 2024
सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]
September 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]