1 year ago
December 29, 2023
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा पुनः शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ ।
आर्सनल घरेलु मैदानमै बिहीबार वेष्टहम युनाइटेडसँग २-० ले पराजित भएसँगै पहिलो स्थानमा पुग्ने अवसर बाट चुकेको हो।
वेष्टहमले प्रिमियर लिगमा आर्सनलमाथि लगातार तेस्रो पटक जित निकालेको हो । टोलीलाई जित दिलाउन लागि थोमस साउसेक र मोन्स्टानटिनोस माभरोपोनोसले गोल गरे ।
साउसेकले १३औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाए थिए। माभरोपोनोसले दोस्रो हाफ सुरु भएको ५ मिनेटमा गोल थपेपछि आर्सनल दबाबमा परेको थियो।
१९ खेलमा ४० अंकसहित आर्सनल दोस्रो स्थानमा कायम छ । शीर्ष स्थानको लिभरपुलको आर्सनलको भन्दा २ अंकले बढि छ ।
जितपछि ३३ अंक पुगेको वेष्टहम म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ ।
अर्को खेलमा टोटनहम पनि पराजित भएको छ । ब्राइटनले टोटनहमलाई ४-२ ले हरायो ।
जितपछि ब्राइटन १९ खेलबाट ३० अंक जोडेर आठौं स्थानमा उक्लेको छ । त्यति नै खेलबाट ३६ अंकका टोटनहम पाँचौ स्थानमा कायम छ।
February 12, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]
February 12, 2025
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]