2 years ago
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत शनिबार उपाधिका लागि फाइनलमा धनगढी फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लब खेल्दैछन् ।

प्रतियोगिताको फाइनल लगत्तै एनएसएलले व्यक्तिगत विधातर्फ पनि विभिन्न खेलाडीलाई पुरस्कृत गर्नेछ । गत वर्ष उपाधि विजेता काठमाडौं रेजर्सका विश्वास श्रेष्ठले उदियमान खेलाडी घोषित भएका थिए । यसपटक उदीयमान खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् । लिगको प्रदर्शन हेर्दा उदियमान खेलाडीको दाबेदारीमा निम्नअनुसार खेलाडी रहेका छन् ।
संजित राई

स्टार खेलाडीले भरिएको ललितपुर सिटीको टोलीमा २३ वर्षीय संजित राई नाम चलेका खेलाडी थिएनन् । तर उनको प्रदर्शनले प्रशिक्षक इयान गिलानलाई निकै प्रभावित पारेको छ ।
लिगमा कप्तान अनन्त र संजित मात्र विना परिवर्तन लगातार खेल्ने खेलाडी हुन् । लेफ्ट ब्याकमा एकपछि अर्को प्रतिद्वन्द्वीलाई शान्त राख्न सफल संजित उदियमान खेलाडीका लागि दावेदार हुन् ।
सुमित श्रेष्ठ

झापा फुटबल क्लबले सुमित श्रेष्ठलाई लिग अवधिभर फरक फरक पोजिसनमा प्रयोग गर्यो । १९ वर्षीय उनले आक्रमण, मिडफिल्ड र डिफेन्स सबै क्षेत्रमा उत्तिकै सहयोग पुर्याए । हरेक पोजिसनमा सुमितले प्रशिक्षकको छनोटलाई न्याय गरे ।
झापा लयम फर्कंदा उनले विपक्षी आक्रमणलाई लगातार रोक्दै पुनरागमन सहज बनाएका थिए । पहिलो खेलमा अवसर नपाएका उनले त्यसपछि सबै ७ खेलमा सुरुवात गर्दै आफूलाई प्रमाणित गरे ।
सन्तोष खत्री

इलामको कमजोर सिजनमा १९ वर्षीय सन्तोष खत्री आशाको किरणको रुपमा उदाए । विदेशी खेलाडीले लगातार संघर्ष गर्दा सन्तोषले मिडफिल्डमा बलियो पकड जमाए । पहिलो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका उनले त्यसपछि भने हरेक खेलमा पूरा समय मैदानमा बिताए ।
आक्रमणमा लामो दुरीको प्रहार गर्ने क्षमता राख्ने उनको विशेषता मिडफिल्डमा चलायमान रहने थियो । विपक्षी खेलाडीलाई मिडफिल्डमा खुलेर खेल्न नदिने उनी खेल अवधिभर एकै गतिमा खेल्न सक्छन् । इलाम अंक तालिकाको पुछारमा रहेपनि युवा प्रतिभा सन्तोषले आफूलाई लिगकै उत्कृष्ट खेलाडीमा उभ्याए ।
रोहन कार्की

धनगढी फुटबल क्लबबाट मिडफिल्ड र आक्रमण दुवै तर्फ खेल्दै आएका रोहनको यो पहिलो एनएसएल हो । आरसी ३२ फुटबल क्लबबाट खेलेका उनलाई युगल किशोर राईले टोलीमा समावेश गरेका थिए ।
फरक फरक भूमिकामा खेलिरहेका उनले लिगको ५ खेलमा सुरुवात गरेका छन् भने अन्य ४ मा बेन्चबाट आएका छन् । उनले १ असिस्ट पनि प्रदान गरेका छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]