2 years ago
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत आज उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दै छन् ।

उपाधिका साथसाथै आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले व्यक्तिगत विधाका पुरस्कार राशी पनि सार्वजनिक गरिसकेको छ । यस संस्करणको सर्वोत्कृष्ट गोलरक्षकलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । लिगको प्रदर्शन हेर्दा उत्कृष्ट गोलरक्षकका दावेदारीमा निम्नअनुसार खेलाडी रहेका छन् ।
स्टेफान क्युपिक

झापा एफसीका सर्बियाका गोलकिपर क्युपिकलाई ड्रेसिङ रुमको प्रमुखको रुपमा राखिएको थियो । यसका अतिरिक्त, मैदानमा पनि उनले मात्र चार गोल खाए र आठ खेलमध्य पाँच क्लिन सिट राखे । उनले इलामविरुद्ध पेनाल्टी बचाउनुका साथै केहि उत्कृष्ट बचाउ पनि गरे । यसले उनलाई उत्कृष्ट गोलकिपर अवार्डको ठूलो दावेदार बनाउँछ । उनको नेतृत्व क्षमताले पनि अन्जन विष्टको अनुपस्थितिमा झापालाई सहयोग पुर्याएको थियो ।
मोहमद ताहा

थ्रीस्टार क्लबसँगको ए डिभिजन लिगको अभियान चोटका कारण बीचमै रोकिएपछि मोहम्मद ताहा नेपाल सुपर लिगका लागि पुनः नेपाल फर्किए । धनगढीलाई फाइनलमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरिरहेका उनले ३ खेलमा प्लेयर अफ द म्याच पनि पाए । उनले सात खेलमा खेलेका र दुईमा क्लिन सिट राखे पनि धेरै खेलमा उनको बचाउले धनगढी हारबाट जोगिएको छ ।
हातले बिरलै बल समात्ने उनी बल क्लियर गर्न बढी रुचाउँछन् । पहिलो क्वालिफायरमा पोखराविरुद्धको टाइब्रेकरमा दुई पेनाल्टी जोगाउदा उनी धनगढीको फाइनल यात्राको नायक बनेका थिए ।
जेफ्री बाल्टुस

फाइनल पुग्ने अर्को टोली ललितपुरका गोलकिपर बाल्टुसले अहिलेसम्म सबै दश खेल खेल्दै चारवटा क्लिनसिट राखेका छन् भने सो प्रक्रियामा ६ गोल मात्रै खाएका छन् । अनन्त र उनको ब्याकलाइन गोलमा बाल्टुसको उपस्थितिको साथ ढुक्क हुदै आफ्नो खेल खेल्न सकेका छन् । उनी धनगढी विरुद्ध खेलमा प्लेयर अफ द म्याच पनि घोषित भएका थिए ।
विशाल श्रेष्ठ

लिग चरणबाट बाहिरिएको र अपेक्षा भन्दा कमजोर नतिजा आएको एफसी चितवनका गोलरक्षक र कप्तान विशाल श्रेष्ठ पनि उत्कृष्ट गोलकिपरको प्रतिस्पर्धामा छन् । उनले आठ खेलमा दुईवटा क्लिन सिट राख्दै अन्तिम लिग खेलमा झापा एफसी विरुद्धको प्रदर्शनले उनलाई अवार्डको लागि दावेदारीमा राखेको छ । लिगको अन्तिम खेलमा गरेको प्रदर्शन सम्भवत यस सिजन कुनै खेलाडीले एकै खेलमा देखाएको व्यक्तिगत उत्कृष्ट प्रदर्शन थियो । उनले एक पेनाल्टी बचाउनुका साथै आधा दर्जन बढी प्रहार विफल पारेका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]