1 year ago
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत धनगढी फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच जारी फाइनल खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ ।
दशरथ रंगशालामा नाइजेरियन फरवार्ड ओलावाले आफिजको गोलमा धनगढीले सुरुवाती अग्रता लिएको हो । ललितपुरले खेलमा आक्रामक सुरुवात गरेपनि धनगढीको पोस्टमा राम्रो आक्रमण बुन्न सकेन । धनगढीले भने काउन्टर अट्याकमा अग्रता लिन सफल भयो । तर इन्ज्युरी समयको अन्तिम मिनेटमा ललितपुरका इमोह एजेकेलले सिधै फ्रिकिकमा गोल गर्दै खेल बराबर गरे ।
खेलको चौथो मिनेटमा धनगढीका आशिष चौधरीको क्रस ललितपुर गोलरक्षक जेफ्रि बाल्टुसले सहजै समात्न सफल भए । १२औं मिनेटमा धनगढीकै अभिषेक गुरुङको प्रहार डिफ्लेक्ट भएर पोस्टको माथिबाट बाहिरियो ।
१६औं मिनेटमा ललितपुरका सनिश श्रेष्ठको उत्कृष्ट ट्याकलले अहमद हिजाजीलाई विफल पार्यो । ओमोलाजा करिमले क्लियर गर्न खोजेको बलमा चाहेजस्तो सम्पर्क बनाउन नसकेपछि हिजाजीको लागि अवसर सिर्जना भएको थियो । तर सनिशले अवस्था बुझ्दै राइटब्याक बाट आएर गरेको ट्याकलका कारण हिजाजीले प्रहार गर्न सकेनन् ।
२७औं मिनेटमा धनगढीका कमल श्रेष्ठ र आशिष चौधरीको लगातार दुई क्रस ठाउँमा जान सकेन । ३५औं मिनेटमा ललितपुरका दिनेश हेन्जनको फ्रिकिकले पनि पोस्टको दिशा लिन सकेन ।
३८औं मिनेटमा भने ओलावाले अफिजको गोलमा धनगढीले खेलमा अग्रता लियो । आशिषको लामो पासमा हिजाजीले डिफेन्स पछाडि रन बनाएर गरेको प्रहार बाल्टुसलाई लागेपछि ओलावालेले सहजै बललाई पोस्टमा हालेका थिए ।
इन्ज्युरी समयमा ललितपुरका लागि इमोहले सिधै फ्रिकिकमा गोल गरे । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरे ।
लिग तालिकामा दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । चौथो स्थानमा रहेको ललितपुर भने काठमाडौं विरुद्ध इलिमिनेटरमा र पोखरा विरुद्ध दोस्रो क्वालीफायरमा जित निकाल्दै फाइनल सम्म आएको हो । धनगढीको यो लगातार दोस्रो फाइनल समेत हो ।
May 17, 2025
ललितपुर (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले लगातार दोस्रो पटक उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको उपाधि जितेको छ । गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा भएको फाइनलमा आयोजक गोदावरी नगरपालिकालाई सडन डेथमा काठमाडौंले उपाधि जितेको हो । निर्धारित ९० मिनेटमा गोलरहित बराबरी टाइब्रेकरमा ५-५ को बराबरीपछि सडनडेथमा काठमाडौंले बाजी मारेको थियो। काठमाडौं समग्रमा […]
May 17, 2025
एजेन्सी – चेल्सी र एस्टन भिल्ला इंग्लिस प्रिमियर लिगमा शुक्रवार विजयी भएका छन्। चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १-० र भिल्लाले टोटेनहमलाई २-० ले हराएको हो। मार्क कुकुरेल्लाले चेल्सीलाई युइएफए च्याम्पियन्स लिग छनोटको आशा जीवित राख्न मद्दत गरे। कुकुरेल्लाले ७१औं मिनेटमा हेडरमार्फत गोल गरेका हुन् । यो जितले एन्जो मारेस्काको टोली तालिकाको चौथो स्थानमा पुग्यो । पहिलो […]
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]