default_image

7 months ago

December 30, 2023

धनगढीलाई हराउँदै ललितपुर एनएसएल च्याम्पियन

2765 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिगको दोस्रो सिजनको उपाधि जितेको छ । गत सिजन समेत उपविजेता रहेको धनगढी फुटबल क्लबलाई शनिबार ३-२ ले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो ।

दशरथ रंगशालामा ललितपुरले पहिलो हाफमा गोल खाएपनि सानदार पुनरागमन गर्दै उपाधि उचालेको हो । ललितपुरको जितमा इमोह एजेकेलले २ तथा दिनेश हेन्जनले १ गोल गरे । धनगढीका लागि ओलावाले अफिजले सुरुवाती अग्रता दिलाएका थिए । हिजाजीले अन्त्यमा सान्त्वना गोल गरे ।

ललितपुरले खेलमा आक्रामक सुरुवात गरेपनि धनगढीको पोस्टमा राम्रो आक्रमण बुन्न सकेन । धनगढीले भने काउन्टर अट्याकमा अग्रता लिन सफल भयो । तर इन्ज्युरी समयको अन्तिम मिनेटमा ललितपुरका इमोह एजेकेलले सिधै फ्रिकिकमा गोल गर्दै खेल बराबर गरे ।

दोस्रो हाफमा ललितपुरले १५ मिनेटमा दुई गोल गर्दै ३-१ को अग्रता लियो ।

खेलको चौथो मिनेटमा धनगढीका आशिष चौधरीको क्रस ललितपुर गोलरक्षक जेफ्रि बाल्टुसले सहजै समात्न सफल भए । १२औं मिनेटमा धनगढीकै अभिषेक गुरुङको प्रहार डिफ्लेक्ट भएर पोस्टको माथिबाट बाहिरियो ।

१६औं मिनेटमा ललितपुरका सनिश श्रेष्ठको उत्कृष्ट ट्याकलले अहमद हिजाजीलाई विफल पार्यो । ओमोलाजा करिमले क्लियर गर्न खोजेको बलमा चाहेजस्तो सम्पर्क बनाउन नसकेपछि हिजाजीको लागि अवसर सिर्जना भएको थियो । तर सनिशले अवस्था बुझ्दै राइटब्याक बाट आएर गरेको ट्याकलका कारण हिजाजीले प्रहार गर्न सकेनन् ।

२७औं मिनेटमा धनगढीका कमल श्रेष्ठ र आशिष चौधरीको लगातार दुई क्रस ठाउँमा जान सकेन । ३५औं मिनेटमा ललितपुरका दिनेश हेन्जनको फ्रिकिकले पनि पोस्टको दिशा लिन सकेन ।

३८औं मिनेटमा भने ओलावाले अफिजको गोलमा धनगढीले खेलमा अग्रता लियो । आशिषको लामो पासमा हिजाजीले डिफेन्स पछाडि रन बनाएर गरेको प्रहार बाल्टुसलाई लागेपछि ओलावालेले सहजै बललाई पोस्टमा हालेका थिए ।

इन्ज्युरी समयमा ललितपुरका लागि इमोहले सिधै फ्रिकिकमा गोल गरे । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरे ।

दोस्रो हाफको पहिलो मिनेटमा नै ललितपुरले राम्रो अवसर खेरा फाल्यो । करिमको थ्रु-पासमा आदित्य शाक्यले खेलेको क्रसमा अनिल महर्जनले बललाई पोस्ट भन्दा केही टाढा प्रहार गरे ।

५०औं मिनेटमा धनगढीले पुनरागमन पूरा गर्दै खेलमा अग्रता लियो । सेसेहाङ आङदेम्बेले मिडफिल्डमा आफूलाई स्पेस बनाएर खेलेको थ्रु-पासमा आदित्यले खेलेको क्रसमा दिनेशले सहजै गोल गर्दै खेलमा ललितपुरलाई अग्रता दिलाए ।

५४औं मिनेटमा धनगढीले खेलमा बराबरी गर्ने अवसर जुटाएको थियो तर हिजाजीको प्रहार बाल्टुसले सहजै समाते ।

५८औं मिनेटमा ललितपुरले अग्रता दोब्बर बनायो । अनन्तले आफ्नो हाफमा बल जितेर दिनेशको लागि पास खेले । दिनेशले राम्रो रन बनाएर खेलेको क्रस रिचार्ड अग्यमाङले क्लियर गरेपछि बल पापा केबेको मुखमा लागेर पोस्ट तर्फ नै गयो । सो अवसरमा इमोह इजिकिएलले एक्रोबेटिक प्रहार गर्दै व्यक्तिगत दोस्रो र टिमको तेस्रो गोल गर्न सफल भए ।

६५औं मिनेटमा ललितपुरले गोल गर्ने अर्को अवसर खेरा फाल्यो । पापाका लागि वान अन वान अवसर सिर्जना भएको बेलामा उनले बल नियन्त्रणमा लिन नसकेपछि अवसर खेरा गयो । त्यसको लगत्तै दिनेशको प्रहार पोस्ट तर्फ जान सकेन ।

७९औं मिनेटमा धनगढी दश जनामा सिमित हुन पुग्यो । डिफेन्डर रिचार्डले इमोह माथि गरेको च्यालेन्ज पश्चात उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेका थिए ।

धनगढीका लागि अन्तिम समयमा अहमद हिजाजीले गोल गर्दै झिनो सम्भावना दिएका थिए । त्यसअघि अन्त्यतिर ललितपुरले बल पोसेसनमा राख्दै धनगढीलाई खेलमा फर्कने अवसर दिएको थिएन ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.