2 years ago
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबका कप्तान अनन्त तामाङ नेपाल सुपर लिग २ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

ललितपुरले उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका अनन्त सर्वोत्कृष्ट खेलाडी बन्दै २ लाख रुपैयाँ हात पारे । ललितपुरकै जेफ बाल्टुस एनएसएलको उत्कृष्ट गोलरक्षक बने । धनगढी एफसीका रोहन कार्की उदियमान खेलाडी बन्दा इमोह एजेकेल ६ गोलसहित सर्वाधिक गोलकर्ता बने । तीनै खेलाडीले १-१ लाख पाए । वीरगन्ज युनाइटेडले फेयर प्ले उपाधि पायो ।
अनन्त तामाङको कप्तानीमा उत्रिएको ललितपुर सिटीको यसपटकको अभियानमा उतारचढाव आएका छन् । आक्रमणमा गोल गर्न संघर्ष गरेपनि अनन्तले आफ्नो डिफेन्सलाई राम्रो नेतृत्व दिएका छन् । उनी जुन टोलीबाट खेल्छन्, त्यस टोलीका लागि धेरै नै महत्त्वपूर्ण बन्ने गर्छन । टोलीको मुख्य डिफेन्डर रहेपनि उनले कार्ड पाएका छैनन् ।
ललितपुरका मार्की उनले अहिलेसम्म ११ खेलको सबै समय खेल्दै ४ क्लिन सिट समेत राखेका छन् । सेट पिसमा विपक्षीका लागि खतरा बन्ने गरेका उनले ललितपुरका लागि एक गोल गरेका छन् । उनले दुइ खेलको म्यान अफ द म्याच अवार्ड समेत जितेका छन् । उत्कृष्ट कप्तानी गरेका उनी सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।
ललितपुरका गोलकिपर बाल्टुसले फाइनलअघि सबै दश खेल खेल्दै चारवटा क्लिनसिट राखेका छन् भने सो प्रक्रियामा ६ गोल मात्रै खाएका छन् । अनन्त र उनको ब्याकलाइन गोलमा बाल्टुसको उपस्थितिको साथ ढुक्क हुदै आफ्नो खेल खेल्न सकेका छन् । उनी धनगढी विरुद्ध खेलमा प्लेयर अफ द म्याच पनि घोषित भएका थिए ।
धनगढी फुटबल क्लबबाट मिडफिल्ड र आक्रमण दुवै तर्फ खेल्दै आएका रोहनको यो पहिलो एनएसएल हो । आरसी ३२ फुटबल क्लबबाट खेलेका उनलाई युगल किशोर राईले टोलीमा समावेश गरेका थिए ।
फरक फरक भूमिकामा खेलिरहेका उनले लिगको ५ खेलमा सुरुवात गरेका छन् भने अन्य ४ मा बेन्चबाट आएका छन् । उनले १ असिस्ट पनि प्रदान गरेका छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]