2 years ago
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबका कप्तान अनन्त तामाङ नेपाल सुपर लिग २ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

ललितपुरले उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका अनन्त सर्वोत्कृष्ट खेलाडी बन्दै २ लाख रुपैयाँ हात पारे । ललितपुरकै जेफ बाल्टुस एनएसएलको उत्कृष्ट गोलरक्षक बने । धनगढी एफसीका रोहन कार्की उदियमान खेलाडी बन्दा इमोह एजेकेल ६ गोलसहित सर्वाधिक गोलकर्ता बने । तीनै खेलाडीले १-१ लाख पाए । वीरगन्ज युनाइटेडले फेयर प्ले उपाधि पायो ।
अनन्त तामाङको कप्तानीमा उत्रिएको ललितपुर सिटीको यसपटकको अभियानमा उतारचढाव आएका छन् । आक्रमणमा गोल गर्न संघर्ष गरेपनि अनन्तले आफ्नो डिफेन्सलाई राम्रो नेतृत्व दिएका छन् । उनी जुन टोलीबाट खेल्छन्, त्यस टोलीका लागि धेरै नै महत्त्वपूर्ण बन्ने गर्छन । टोलीको मुख्य डिफेन्डर रहेपनि उनले कार्ड पाएका छैनन् ।
ललितपुरका मार्की उनले अहिलेसम्म ११ खेलको सबै समय खेल्दै ४ क्लिन सिट समेत राखेका छन् । सेट पिसमा विपक्षीका लागि खतरा बन्ने गरेका उनले ललितपुरका लागि एक गोल गरेका छन् । उनले दुइ खेलको म्यान अफ द म्याच अवार्ड समेत जितेका छन् । उत्कृष्ट कप्तानी गरेका उनी सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।
ललितपुरका गोलकिपर बाल्टुसले फाइनलअघि सबै दश खेल खेल्दै चारवटा क्लिनसिट राखेका छन् भने सो प्रक्रियामा ६ गोल मात्रै खाएका छन् । अनन्त र उनको ब्याकलाइन गोलमा बाल्टुसको उपस्थितिको साथ ढुक्क हुदै आफ्नो खेल खेल्न सकेका छन् । उनी धनगढी विरुद्ध खेलमा प्लेयर अफ द म्याच पनि घोषित भएका थिए ।
धनगढी फुटबल क्लबबाट मिडफिल्ड र आक्रमण दुवै तर्फ खेल्दै आएका रोहनको यो पहिलो एनएसएल हो । आरसी ३२ फुटबल क्लबबाट खेलेका उनलाई युगल किशोर राईले टोलीमा समावेश गरेका थिए ।
फरक फरक भूमिकामा खेलिरहेका उनले लिगको ५ खेलमा सुरुवात गरेका छन् भने अन्य ४ मा बेन्चबाट आएका छन् । उनले १ असिस्ट पनि प्रदान गरेका छन् ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]