default_image

7 months ago

January 2, 2024

लिभरपुलको शानदार जित

554 views

0 Bookmark

एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार शानदार जित हासिल गरेको छ ।

एनफिल्डमा मोहमद सलाहको २ गोलमा लिभरपुलले न्युक्यासललाई ४–२ ले पराजित गरेको हो ।लिभरपुलका लागि कर्टिस जोन्स र कोडी गाक्पोले समान १ गोल गरे । यो जितपछि लिभरपुलले शीर्ष स्थानमा ३ अंकको अग्रता लिएको छ ।

४९ औं मिनेटमा सलाहले पहिलो गोल गरे। न्युक्यासलका इसाकले ५४ औं मिनेटमा बराबरी गोल गरे। जोन्सनले ७४ औं र गाक्पोले ७८ औं मिनेटमा गोल गरेपछि लिभरपुलको अग्रता ३-१ बन्यो ।

८१ औं मिनेटमा बोटमासले न्युक्यासल लागि गोल फर्काए । खेल सकिन ४ मिनेट अघि सलाहले अर्को गोल गरेपछि लिभरपुलको जित निश्चित बन्यो ।

न्युक्यासल गोलरक्षक मार्टिन डुब्राभ्काले पहिलो हाफमा सलाहको पेनाल्टी रोकेका थिए । मार्टिन्सले धेरै आक्रमणलाई विफल नपारेको भए हार अन्तर बढि हुने थियो ।

न्युक्यासलले पछिल्ला८ खेलमा ७ मा पराजय भोगेको छ । २० खेलमा लिभरपुलको ४५ अंक छ । दोस्रो स्थानको एस्टन भिल्लाको ४२ अंक छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी र आर्सनलको‌ समान ४० अंक छ। नवौं स्थानको न्युक्यासलको २९ अंक छ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.