default_image

7 months ago

January 3, 2024

केपी ओली कप फुटबल फागुनमा

1583 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिता फागुनमा‌ आयोजना हुने भएको छ।
राष्ट्रिय युवासंघ नेपालको आयोजनामा प्रतियोगिताको दोस्रो संस्करण फागुन ११ देखि २० गतेसम्म हुनेछ ।

पहिलो संस्करणको मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।

दोस्रो संस्करणको केपी ओली कपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजक राष्ट्रिय युवा संघलाई मिति उपलब्ध गराएको युवासंघका प्रवक्ता निरोज पौडेल ले जानकारी गराएका छन्।

एन्फाले प्रतियोगितामा सहभागी हुने टिम तथा क्लबहरु एन्फा तथा जिल्ला फुटबल संघमा आधिकारिक रुपमा आबद्ध भएको हुनुपर्नेछ शर्त राखेको छ।

प्रतियोगिताको खेलहरु च्यासलस्थित मैदानमा हुने र फाइनल खेल दशरथ रंगशालमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिताको लागि खुल्ला आह्वान गरिने र त्यसपछि सहभागि टिमको छनोट गरिने पनि आयोजकले जनाएको छ ।

नेपालका ए डिभिजन र विदेशी प्रतिष्ठित टिमहरुलाई प्रतियोगितामा सहभागी गराइने बताइएको छ ।
प्रतियोगिताको विजेताले ११ लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ पाउनेछ ।

प्रवक्ता पौडेलका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने छन्। हरेक खेलको म्यान अफ दि म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.