default_image

7 months ago

January 5, 2024

रेफ्री दनुवारसँगै कार्की, भुजेल र धिमाल फिफामा

6011 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मुख्य रेफ्री श्याम दनुवारसँगै सहायक रेफ्रीत्रय हरिश कार्की, प्रकाश भुजेल र मेरिना धिमाल सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका छन् ।

फिफाले सन् २०२४ का लागि जारी गरेको फिफा रेफ्री सुचिमा नेपालको तर्फबाट कुल १२ रेफ्री परेका छन् । गत वर्षबाट संख्या घटबढ नभएपनि चार रेफ्री भने परिवर्तन भएका हुन् । झापाका श्याम दनुवारले फिफा रेफ्री प्राप्त गर्दा प्रकाश नाथ श्रेष्ठ भने फिफा सुचीबाट बाहिरिएका छन् ।

त्यस्तै सहायक रेफ्रीतर्फ स्वर्गीय विक्रम चौधरी र डिभी परेर अमेरिका गएका युनाल मल्लको स्थानमा चितवनका प्रकाश भुजेल र काठमाडौंका हरिश कार्की आएका छन् । महिलातर्फ राधिका शाक्यको स्थानमा एपीएफकी मेरिना धिमाल फिफा सहायक रेफ्री बनेकी छिन् ।

२०२३ बाट मुख्य रेफ्रीमा प्रज्वल क्षेत्री, नविन्द्र महर्जन र कविन ब्यन्जनकारले फिफा रेफ्रीमा निरन्तरता पाएका छन् । महिलातर्फ अन्जना राई नै निरन्तर फिफा रेफ्री छिन् । त्यस्तै सहायक रेफ्रीमा नानीराम थापा, माधव खत्री, किशन कन्हैया यादव र सहदेव श्रेष्ठले निरन्तरता पाए ।

नेपालबाट सन् २०२४ को फिफा रेफ्री सूची (आफ्नो नियुक्ति मिति):

फिफा रेफ्री (५) : नविन्द्र महर्जन (२०१६), कविन ब्यन्जनकार (२०१८), प्रज्वल क्षेत्री (२०२१), अन्जना राई (२०२१), श्याम दनुवार (२०२४)

फिफा सहायक रेफ्री (७) : नानीराम थापा (२०११), माधव खत्री (२०१६), सहदेव श्रेष्ठ (२०१९), किशन कन्हैया यादव (२०२१), प्रकाश भुजेल (२०२४), मेरिना धिमाल (२०२४), हरिश कार्की (२०२४)

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.