default_image

7 months ago

January 6, 2024

रियल म्याड्रिडको कीर्तिमान

1883 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले स्पेनिस ला लिगाको यस सिजन २०२३/२४ को आधा खेल सकिदा क्लबले नयाँ कीर्तिमान बनाएको छ ।

यो सिजनको लागि लिगाको आधा खेल (१९ खेल) सकिदा शीर्षस्थानमा रहेको रियलले पहिलो हाफमा मात्रै ११ गोल बेहोर्दै क्लबको नयाँ कीर्तिमान बनाउन सफल भएको हो ।

यस सिजनको सुरुमा म्याड्रिडका गोलरक्षक थिबाउट कोर्टुवा र एडर मिलिटाओ दुबै चोटग्रस्त भएपछि रियलको डिफेन्स लाइन र गोलकिपिङ कमजोर हुने अनुमान गरिएको थियो । यतिमात्र होइन त्यसपछि अर्का भरपर्दा रक्षक डेभिड अलाबा पनि डिसेम्बरको सुरुमा उही समस्यामा पर्दा रियल थप समस्यामा परेको थियो ।

आफ्नो पहिलो रोजाईको ब्याक लाइनमध्ये तीन मुख्य खेलाडी गुमाएपनि रियलले यो सिजनको सुरुवाती १९ खेलको पहिलो हाफमा मात्र ११ गोल बेहोर्यो । प्रशिक्षक कार्लो एन्सेलोटीको रियलले उत्कृष्ट डिफेन्सिभ कीर्तिमान मात्रै होइन स्पेनिस पत्रिका मार्काले उल्लेख गरेअनुसार रियलले ३८ खेलको सिजनको बीचमा यो निकै कम गोल बेहोरेको हो ।

यसअघिको कीर्तिमान पहिलो १९ खेलमा १२ गोलको थियो। रियलले १९८७–८८ र २०१९–२० को सिजनमा १२ गोल खाएको थियो । दुबै पटक रियल ला लिगाको उपाधि जित्न सफल भएको थियो ।

वास्तवमा, रियलले १९६१–६२ पछि सिजनको सुरुवाती १९ खेलमा ११ गोल खाएको हो । त्यसबेला ३० खेलमा ला लिगा सकिने थियो । त्यो समयमा पनि रियलले उपाधि जितेको छ ।

युरोपका शीर्ष १० डिभिजनहरूमा इटालीको इन्टर मिलान र फ्रान्सको निसले मात्र यस सिजनमा रियलले भन्दा कम गोल खाएका छन् । इन्टरले १८ खेलमा ८ तथा निसले १७ खेलमा ९ गोल खाएको छ । फ्रेन्च लिग वानमा १८ टोली रहेकाले ३४ खेल मात्रै हुनेछ । इटालियन क्लब युभेन्टसले १८ खेलमै ११ गोल खाएको छ ।

रियलको उपलब्धिलाई अझ प्रभावशाली बनाउन एन्सेलोटीको टोलीले पहिलो रोजाईमा भरपर्दा गोलरक्षक नभएपनि रक्षात्मक रूपमा निकै सानदार प्रदर्शन गरिरहेको छ ।

कोर्टुवाको चोटसँगै रियलले केपा एरिजाबालागालाई चेल्सीबाट लोनमा अनुबन्ध गरेको थियो । केपाले ला लिगामा ११ खेल खेल्दा ७ गोल खाएका छन् । तर, पछिल्लो समय केपाले एन्ड्री लुनिनसँग आफ्नो स्थान गुमाएका थिए । २४ वर्षीय लुनिनको सम्झौता यो सिजनसँगै सकिने छ । उनले ला लिगामा ८ खेल खेल्दै ४ गोल खाएका छन् ।

एडर आगामी महिना चोटमुक्त भएर फर्कने सम्भावना छ । अलाबाले यो सिजन गुमाउने पक्का हुँदा कोर्टुवाले यसै समरमा हुने युरो २०२४ पनि गुमाउनेछन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.