default_image

7 months ago

January 6, 2024

टोटनहम एफए कपको चौथो चरणमा

354 views

0 Bookmark

एजेन्सी – टोटनहम एफए कपको चौथो चरणमा पुगेको छ।

टोटनहमले शुक्रबार घरेलु मैदानमा तेस्रो चरणको खेलमा बर्नलीलाई १-० ले हराउँदै अघिल्लो चरणको‌ यात्रा गरेको हो । ७८ औं मिनेटमा पेड्रो पोर्रोले गरेको गोल खेलमा निर्णायक बनेको हो।

अर्को खेलमा फुलह्यामले रोथेरहममाथि १-० को जित निकालेको थियो। बबी डे कोर्डोभा रेइडले २४ औं मिनेटमा गरेको गोल फुलह्यामको जितका‌ लागि पर्याप्त रह्यो।

त्यस्तै ब्रेन्टफोड र वुल्भ्सले १-१ को बराबरी खेले‌। वुल्भ्सले ८१ मिनेट १० खेलाडीमा‌ सिमित भएर खेलेको थियो। नवौं मिनेटमा जाओ गोमेजले रातो कार्डको‌ सामना गर्दै मैदान छाडेका थिए।

निल मउपेले ४१ औं मिनेटमा निल मउपेको गोलमा ब्रेन्टफोर्डले अग्रता लिएको थियो। वुल्भ्सका टमी डोएलले ६४ औं मिनेटमा बराबरी गोल फर्काएका थिए।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.