default_image

7 months ago

January 7, 2024

एन्फाको निर्णयमा केन्द्रीय समितिका ९ जनाको ‘नोट अफ डिसेन्ट’

660 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवाद समाधान भन्दा थपिदै गएको छ।

पुस २ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णयप्रति ३ पदाधिकारीसहित केन्द्रीय समितिका ९ जनाले असहमति जनाउँदै आइतबार ‘नोट अफ डिसेन्ट’ को पत्र एन्फामा दर्ता  गराएका छन्। उनीहरूले १४ बुँदामा असहमति रहेको एन्फालाई बुझाएको पत्रमा उल्लेख छ। 

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी, केन्द्रीय सदस्यहरू पेमा डोल्मा लामा रविन्द्र चन्द, रमेश व्यन्जनकार, रुपेश अधिकारी, भोजराज शाही, अनिल मल्लले आइतबार एन्फा सचिवालयमा नोट अफ डिसेन्ट दर्ता गराएका हुन्। 

नोट अफ डिसेन्ट पत्रमा टिकट विक्रीको विवरण कार्यसमितिलाई जानकारी नगराइ अनुमोदन गरेको, कार्यसमितिमा निर्णय नगराइ टिकट मूल्य र पास वितरण गरेको, राष्ट्रिय लिगमा सहभागी क्लबको अधिकार हनन गरेको, ५० हजार डलरको सामग्री खरिद टेन्डरबाट नगरेको, खरिद प्रक्रिया स्वेच्छाचारी ढंगले गरेको, कुनै कार्ययोजना बिना डिटेल प्रदान गरेको आरोप छ ।

त्यस्तै एन्फा महासचिव पदपूर्ति समितिको पदेन सदस्य हुने व्यवस्था भए पनि महासचिवलाई संयोजक बनाएको, खरिद समिति र मूल्यांकन समितिमा कर्मचारीलाई राखेको, कर्मचारीको सम्झौता अवधि बाँकी रहँदा हटाएकोलगायतका विषयमा नोट अफ डिसेन्ट राखेका
छन्।

बैठकमा विशेष साधारण सभाको खर्चका बारेमा छलफल समेत नगरि एकै पटक ४४ लाख रुपैयाँ खर्च भएको निर्णय प्रतिमा भने उल्लेख गरिएको एन्फा पदाधिकारीले आरोप लगाएका छन् ।

एन्फा महासचिव किरण राईकी भान्जी एमबिबिएस उतिर्ण गरेकी ज्योती राई लाई विना छलफल
राष्ट्रिय महिला टोलीको मेडिकल कन्सल्टेन्ट नियुक्त गर्नुलाई असहमत पक्षले कन्फ्लिक्ट अफ इन्ट्रेस्टका‌साथै
खेलाडीहरुको स्वास्थ्यमा समेत हेलचेक्र्याई भएको जनाएका‌ छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.