default_image

7 months ago

January 7, 2024

म्यानचेस्टर सिटीको सानदार जित

1277 views

0 Bookmark


एजेन्सी – हडर्सफिल्ड टाउन विरुद्ध सानदार जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार ५–० को फराकिलो जित निकाल्ने क्रममा सिटीका लागि फिल फोडेनले २ तथा जुलियन अल्भारेज, ओस्कार बोब र जेरेमी डोकुले समान १ गोल गरे ।

३३औं मिनेटमा सिटीले खेलमा अग्रता लिएको थियो । अल्भारेजको प्रहार डिफ्लेक्ट भएर फोडेनको खुट्टामा पुगेपछि उनले गोल गरे । ३६औं मिनेटमा नै सिटीले अर्को गोल गर्यो । म्याथियस नुनेसको पासमा बोबको प्रहारमा राम्रो सम्पर्क नभएपछि अल्भारेजले गोल गरे ।

५८औं मिनेटमा सिटीले फोडेनको पासमा बोबले गरेको प्रहार हडर्सफिल्डका बेन ज्याक्सनलाई लागेर क्रसबारमा लाग्दै पोस्ट भित्र छिरेको थियो । ६५औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गरे । मटेओ कोभाचिचको पासमा फोडेनले बक्सको छेउबाट गोल गर्दै अग्रता ४–० बनाए ।

७४औं मिनेटमा डोकुले गोल गरे । करिब पाँच महिनापछि मैदान फर्किएका केभिन डि ब्रुइनको पासमा उनले गोल गरेका थिए । यस्तै आइतबारका अन्य खेलमा वेस्ट ब्रोम, रेक्सह्याम, लिड्स युनाइटेड विजयी हुँदै चौथो चरण प्रवेश गरेका छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.