2 years ago
January 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ‘बी’ डिभिजन क्लब मध्यपुर युथ एसोसियसनलाई कारवाही गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को आफ्नै निर्णयविरुद्ध कार्यसमितिका बहुमत सदस्य एक ठाँउमा उभिएका छन् ।

एन्फा कार्यसमितिको पुस २ गतेको बैठकले मध्यपुरलाई कारवाही गर्ने क्रममा एन्फाले आयोजना गर्ने सम्पूर्ण गतिविधिमा सहभागी नगराउने निर्णय गरेको थियो । एन्फाका वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्य गरि ११ जना मध्यपुरको कारवाहीविरुद्ध उत्रिएका छन् ।
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी, केन्द्रीय सदस्यहरू पेमा डोल्मा लामा रविन्द्र चन्द, रमेश व्यन्जनकार, रुपेश अधिकारी, भोजराज शाही, अनिल मल्ल, मनीष जोशी र मणिराज विष्टले संयुक्त रुपपमा हस्ताक्षर गर्दै मध्यपुरविरुद्धको निर्णयमा असहमती आइतबार एन्फामा दर्ता गराएका छन् । एन्फामा २१ सदस्यीय कार्यसमिति निर्वाचित छ । जसका कारण मध्यपुरविरुद्धको निर्णय अल्पमतमा परेको छ ।
‘मध्यपुर युथ एसोसियसनको निर्णय सम्बन्धमा बचाउको मौका, स्पष्ट कानुनी आधार आदि वेगर पूर्वाग्रहीपूर्ण ढंगले मध्यपुर युथ एसोसिसनलाई कुनै पनि फुटबल खेल गतिविधिमा सहभागीता नगराउने निर्णय एन्फा विधान विपरित छ,’ असहमती पत्रमा भनिएको छ, ‘कार्यसमितिलाई एन्फाको सदस्य क्लबको फुटबल खेल गतिविधिमा सहभागीता हुने अधिकार खोस्ने कानुनी अधिकार छैन । जुन एन्फाको विधानको धारा १४ (१) (ङ) र (च) एन्फा सदस्यहरुको अधिकारमा प्रतियोगितामा भाग लिन र एन्फा गतिविधि सम्बन्धमा अधिकार सम्बन्धि सुनिश्चित गरेको छ ।’
एन्फाको विधान र प्रचलित व्यवस्था अनुरुप मध्यपुरको हकमा भएको निर्णयमा आफूहरुको असहमती रहेको भन्दै केन्द्रीय समितिका ११ जनो बदर गर्न अनुरोध गरेका छन् । दुई साता अघि मध्यपुरविरुद्धको निर्णय यथाशीघ्र फिर्ता नगरे सम्म बी डिभिजन क्लबहरुले एन्फाले आयोजना गर्ने कुनै पनि गतिविधिमा भाग नलिने धम्की दिएका थिए ।
बी डिभिजन संयोजक कुमार राजभण्डारीको नेतृत्वमा बीका १४ मध्ये १२ क्लबका प्रतिनिधिको मध्यपुर माथि को कारवाही यथाशीघ्र सच्चाउन माग गरेको थियो । एन्फाको विशेष साधारण सभा रोक्न मध्यपुर अदालत गएको कारण देखाउँदै एन्फाले कारवाही गरेको थियो ।
मध्पयुरका सह सचिव सुनिल श्रेष्ठले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित महासचिव किरण राई र र प्रवक्ता सरेश शाहलाई विपक्षी बनाई असोज २५ गते रिट दायर गरेका थिए । पाटन उच्च अदालतले कात्तिक १६ गते अन्तरिम आदेश जारी नहुने आदेश गरेपछि कात्तिक २३ गते एन्फाको विशेष साधारण सभा हेटौडा भएको थियो ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]