default_image

7 months ago

January 8, 2024

बार्सिलोनाको संघर्षपूर्ण जित

460 views

0 Bookmark

एजेन्सी – स्पेनिस कप प्रतियोगिता कोपा डेल रे मा ला लिगा टोली बार्सिलोनाले चौथो डिभिजनको टोली बारबास्त्रो विरुद्ध ३-२ को संघर्षपूर्ण जित निकालेको छ ।

बारबास्त्रोको घरेलु मैदानमा आइतबार भएको खेलमा बार्सिलोनाका लागि फर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोस्कीले समान १ गोल गरेका थिए।

खेलको अग्रता बार्सिलोनाले १८औं मिनेटमा लिएको थियो । राफिन्हाको क्रसमा बक्स भित्र खाली रहेका फर्मिनले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए ।

दोस्रो गोल बार्सिलोनाले ५१औं मिनेटमा गर्न सफल भयो । जोआओ फेलिक्सको क्रसमा राफिन्हाले फार पोस्टमा गोल गर्दै टोलीको‌ अग्रतालाई‌ दोब्बर पारेका थिए ।
६०औं मिनेटमा बारबास्त्रोले खेलमा गोल फर्कायो । आड्रिया डे मेसाले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।

८८औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी मार्फत गोल गर्दै खेलको अन्तिम समय बार्सिलोनाका लागि केही सहज बनाएका थिए । जाईमे रेकेसले हातले बल छोएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो ।

तर इन्ज्युरी समयमा बारबास्त्रोले पनि पेनाल्टी मार्फत एक गोल फर्काउने अवसर पायो । फर्मिनले क्रेस्पो माथि फाउल गरेपछि बारबास्त्रोले पेनाल्टी पाएको थियो । पेनाल्टीमा मार्क प्राटले गोल गर्दै पुनः आफ्नो टोलीलाई खेलमा फर्काउने प्रयास गरेपनि थप गोल गर्न नसक्दा टोली बाहिरिएको थियो।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.