default_image

7 months ago

January 8, 2024

रहेनन् बेकेनबावर

440 views

0 Bookmark

एजेन्सी – जर्मन तथा विश्व फुटबलकै सर्वाधिक सफल मध्येका खेलाडी फ्रान्ज बेकेनबावरको ७८ वर्षको उमेरमा निधन भएको छ । परिवारले एक विज्ञप्ति निकाल्दै उनको निधन भएको आधिकारिक घोषणा गरेको हो ।

‘गहिरो दुःखको साथ हामी घोषणा गर्दछौं कि मेरो श्रीमान् र हाम्रा बुबा, फ्रान्ज बेकेनबावरको हिजो आइतबार परिवारको साथमा शान्तिपूर्वक निधन भयो,’ परिवारको विज्ञप्तिमा लेखिएको छ।

विश्व फुटबलका महान मध्ये एक मानिने उनी खेलाडी र प्रशिक्षक दुबै भूमिकामा फिफा विश्वकप जित्ने तीन व्यक्तिमध्ये एक हुन् । उनले सन् १९७४ मा तत्कालीन पश्चिम जर्मनीको कप्तानको रूपमा र १९९० मा प्रशिक्षकको रूपमा विश्वकप जितेका थिए ।

बेकेनबावरले १९६६ को विश्वकपमा मात्र २० वर्षको उमेरमा चार गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधि समेत पाएका थिए ।

एक बहुमुखी खेलाडी उनले मिडफिल्डर र धेरैजसो डिफेन्डरको रूपमा खेलेका थिए । क्लब र अन्तर्राष्ट्रिय स्तरमा सफलताको साथ उनी फिफा विश्वकप, युरोपियन कप, र बालोन डी’ओर जित्ने ९ खेलाडीहरू मध्ये एक हुन् । उनले ३ विश्वकप र २ युरोपियन च्याम्पियनसिपमा पश्चिम जर्मनीको प्रतिनिधित्व गरे र १ सय ३ अन्तर्राष्ट्रिय खेल खेले ।

बेकेनबावरले क्लब करियरमा बायर्न म्युनिखका लागि १९६७ मा युरोपियन कप विनर कप र १९७४ देखि १९७६ सम्म लगातार तीनवटा युरोपियन कप जितेका थिए ।

बेकनबावरले डिफेन्डरको रूपमा १९७२ र १९७६ मा दुई बालोन डी’ओर अवार्डहरू पनि जितेका थिए ।डिफेन्डरको रूपमा यो अवार्ड जित्नु आजसम्म पनि दुर्लभ मानिन्छ ।

फुटबल संसारमा उत्कृष्ट उपलब्धिको लागि उनलाई व्यापक रूपमा “डर काइसर” वा “सम्राट” उपनाम दिइन्छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.