default_image

7 months ago

January 11, 2024

रियल म्याड्रिड सुपर कपको‌ फाइनलमा

965 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनल प्रवेश गरको छ । अतिरिक्त समयमा पुगेको खेलमा बुधबार एटलेटिको म्याड्रिडलाई ५–३ ले पराजित गर्दै रियल फाइल पुगेको हो ।

निर्धारित समयको खेल ३–३ को बराबरी टुंगिएपछि थप समयमा रियलको‌ खातामा २ गोल थपिएको थियो। दुबै टोलीबाट समान १ आत्मघाती गोल भएको थियो।

एन्टोनिओ रुडिगर, फेर्लान्ड मेन्डी, डानी कार्भाजाल र ब्राहिम डियाजले रियलका लागि समान १ गोल गरेका थिए ।एट्लेटिकोका लागि मारिओ हेर्मोसो र एन्टोनिइ ग्रिजम्यानले गोल गरेका थिए ।  एट्लेटिकोका स्टेफन सभिच र रियलका रुडिगरले आत्मघाती गोल गरेका थिए।

छैटौं मिनेटमा सेभिचको गोलबाट एट्लेटिको खेलमा अगाडि लागेको थियो। २० औं मिनेटमा रुडिगरले बराबरी र मेन्डीले २९ औं मिनेटमा गोल गरेपछि रियलले अग्रता बनाएको थियो। त्यो पनि लामो समय टिक्न सकेन । ३७ औं मिनेटमा ग्रिजमनले बराबरी गोल गरेका थिए।

रुडिगरको आत्मघाती गोलमा ७८ औं मिनेटमा एट्लेटिकोले दोस्रो पटक खेलमा अग्रता लिएको थियो। कार्भाजालले ८५ औं मिनेटमा बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएका थिए।

३० मिनेट थप समयको अन्त्यतिर नतिजा रियलको पक्षमा गएको थियो। थप समयको २६ औं मिनेटमा सभिचले आत्मघाती गोल गरे भने इन्ज्युरी समयको दोस्रो मिनेटमा डियाजले रियलका लागि पाँचौं गोल गरेका थिए।

त्योसँगै रियल पछिल्ला २० खेलमा अपराजित रहेको छ । बिहीबार दोस्रो सेमिफाइनलमा बार्सिलोना र ओसासुना भिड्ने छन् । फाइनल आइतबार हुनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.