default_image

7 months ago

January 11, 2024

आहा! रारा पोखरा गोल्ड कपमा खेल्ने १२ को नाम सार्वजनिक

2889 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा यस पटक १२ टोली प्रतिस्पर्धा गर्ने भएका छन्।

माघ ९ गते सुरु हुने २३ औं आहा! राराका लागि आयोजनक सहारा क्लब पोखराले बिहीबार पत्रकार सम्मेलन गर्दै सहभागी १२ टोलीको नाम सार्वजनिक गरेको छ ।

जसमा साविक विजेता टोली संकटा क्लब सहित ८ ए डिभिजन टोली, आयोजक टोली, एक मोफसलको टोली र दुई विदेशी टोलीले यसपटक उपाधिका लागि खेल्ने छन् ।

संकटा सहित नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लब गरि ८ ए डिभिजन टोली छन् ।

त्यस्तै नवलपरासीको राइजिङ स्टार फुटबल क्लब, भारतीय आई-लिगको टोली दिल्ली फुटबल क्लब, भुटानी लिग विजेता पारो फुटबल क्लब र आयोजक सहारा फुटबल क्लब यसपटक खेल्ने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले‌ जानकारी दिए ।

गत वर्ष फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्ट्सलाई‌ हराउँदै संकटाले उपाधि जितेको थियो। त्यति बेला विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गरेको थियो |

प्रतियोगितालाई पहिलो संस्करण देखि नै हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ ।

पोखरा महानगरपालिकाको प्रवर्द्धन रहेको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा यु.के., सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हंङकंङका सल्लाहकार एंव कानुन व्यवसायी देव गुरुङ बिशेष सहयोग रहेको बताइएको छ।

प्रतियोगिताको अफिसियल बैंक- लुम्बिनी विकास बैंक, अफिसियल एयरलाइन्स -बुद्ध एयर रहँदै आएका छन् । उत्कृष्ट ५ विधाको पुरस्कार सुर्य बहादुर के.सी.को स्मृतिमा प्राजोजन गरिएको छ ।

राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङले प्रायोजन गरेका छन् । यस्तै म्यान अफ द म्याच ट्रफी, नगद र मेडलहरु सहारा यु. के. द्वारा सौजन्य हुने प्रतियोगितामा डेढ करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

२३ वर्ष देखि निरन्तर सञ्चालन भएको प्रतियोगितामा वचत हुने रकम सूर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.