default_image

2 years ago

January 11, 2024

आहा! रारा पोखरा गोल्ड कपमा खेल्ने १२ को नाम सार्वजनिक

3038 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा यस पटक १२ टोली प्रतिस्पर्धा गर्ने भएका छन्।

माघ ९ गते सुरु हुने २३ औं आहा! राराका लागि आयोजनक सहारा क्लब पोखराले बिहीबार पत्रकार सम्मेलन गर्दै सहभागी १२ टोलीको नाम सार्वजनिक गरेको छ ।

जसमा साविक विजेता टोली संकटा क्लब सहित ८ ए डिभिजन टोली, आयोजक टोली, एक मोफसलको टोली र दुई विदेशी टोलीले यसपटक उपाधिका लागि खेल्ने छन् ।

संकटा सहित नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लब गरि ८ ए डिभिजन टोली छन् ।

त्यस्तै नवलपरासीको राइजिङ स्टार फुटबल क्लब, भारतीय आई-लिगको टोली दिल्ली फुटबल क्लब, भुटानी लिग विजेता पारो फुटबल क्लब र आयोजक सहारा फुटबल क्लब यसपटक खेल्ने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले‌ जानकारी दिए ।

गत वर्ष फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्ट्सलाई‌ हराउँदै संकटाले उपाधि जितेको थियो। त्यति बेला विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गरेको थियो |

प्रतियोगितालाई पहिलो संस्करण देखि नै हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ ।

पोखरा महानगरपालिकाको प्रवर्द्धन रहेको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा यु.के., सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हंङकंङका सल्लाहकार एंव कानुन व्यवसायी देव गुरुङ बिशेष सहयोग रहेको बताइएको छ।

प्रतियोगिताको अफिसियल बैंक- लुम्बिनी विकास बैंक, अफिसियल एयरलाइन्स -बुद्ध एयर रहँदै आएका छन् । उत्कृष्ट ५ विधाको पुरस्कार सुर्य बहादुर के.सी.को स्मृतिमा प्राजोजन गरिएको छ ।

राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङले प्रायोजन गरेका छन् । यस्तै म्यान अफ द म्याच ट्रफी, नगद र मेडलहरु सहारा यु. के. द्वारा सौजन्य हुने प्रतियोगितामा डेढ करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

२३ वर्ष देखि निरन्तर सञ्चालन भएको प्रतियोगितामा वचत हुने रकम सूर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.