default_image

7 months ago

January 13, 2024

आयोजक कतारको विजयी सुरुवात

3643 views

0 Bookmark

एजेन्सी – साविक विजेता कतारले एएफसी एसियन कप २०२३ मा विजयी सुरुवात गरेको छ ।

आयोजक समेत रहेको कतारले शुक्रबार लेबनानलाई ३-० हराउँदै उपाधि रक्षाको सफल सुरुवात गरेको हो । कतारका लागि अक्रम अफिफले २ र अर्को गोल अल्माेएज अलिले गरे ।

विश्वकप फाइनल भएको लुसेल रंगशालामा सम्पन्न समूह ए अन्तर्गतको खेलमा कतारले ४५औं मिनेटमा अग्रता लिएको थियो । अलिको पासमा अफिफले बक्सको भित्रबाट गोल गरेका थिए ।

अलिले ५६औं मिनेटमा अग्रता दोब्बर बनाए । गत संस्करणमा ९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका अलिले मोहम्मद वादको क्रसमा हेडर मार्फत गोल गरेका हुन्। इन्ज्युरी समयको छैठौं मिनेटमा अफिफले अर्को गोल गरे।

एसियन कपमा शनिबार तीन खेल हुनेछन् । दिनको पहिलो खेलमा साँझ ५:१५ बजे समूह ‘बि’ मा अष्ट्रेलिया र भारतबीच हुनेछ ।

समूह ‘ए’ को खेलमा साँझ ८:१५ बजे चीन र पहिलो पटक छनोट भएको ताजिकिस्तान भिड्ने छन् । राति ११:१५ बजे समूह ‘बि’ मा रहेका सिरिया र उज्बेकिस्तान बीच प्रतिस्पर्धा हुनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.