default_image

6 months ago

January 14, 2024

उज्वेकिस्तान र सिरियाले अंक बाँडे

382 views

0 Bookmark

एजेन्सी – एएफसी एसियन कपमा शनिबार उज्वेकिस्तान र सिरियाले बराबरी खेलेका छन् । समूह ‘बी’ उज्वेकिस्तान र सिरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

त्यसअघि शनिबार नै समूहको अर्को खेलमा अस्ट्रेलियाले भारतलाई २–० ले हराएको थियो । अस्ट्रेलियाको ३, उज्वेकिस्तान र सिरियाको १ अंक तथा भारत अंक विहिन छ ।

समूह ‘ए’ को शनिबार भएको अर्को खेलमा चीन र ताजाकिस्तानले पनि गोलरहित बराबरी खेलेका थिए । त्यो समूहमा कतारले उद्घाटन खेलमा लेवनानलाई ३-०ले हराएको थियो।

एसियन कपमा आइतबार जापान र भियतनामबीच साँझ ५:१५ बजे, युएई र हङकङबीच साँझ ८:१५ बजे तथा इरान र प्यालेस्टाइनबीच राति ११:१५ बजे खेल हुनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.