1 year ago
January 14, 2024
एजेन्सी – आयोजक आइभोरी कोस्टले जितबाट अफ्रिका कप अफ नेसन्सको यात्रा सुरुवात गरेको छ । आइभोरी कोस्टले शनिबार उद्घाटन खेलमा गिनी बिसाउलाई २-० ले हराउँदै विजयी सुरुआत गरेको छ ।
ओलम्पिक स्टेडियम अफ एबिम्पेमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सेका फोफाना र जेनि फिलिप्पे क्रास्सोले गोल गरेका थिए।
फोफानाको गोलबाट आइभेरी कोस्टले चौथो मिनेटमा नै खेलमा अग्रता बनाएको थियो । ५८औं मिनेटमा क्रास्सोले टोलीका लागि दोस्रो गोल गरेका थिए।
समूह ‘ए’मा यी दुई टोलीसँगै एक्वाटोरियल गिनी र नाइजेरिया छन् । आज दुई खेल हुनेछन्। अफ्रिका कप अफ नेसन्समा आफ्रिकाका २४ टोलीको सहभागिता रहेको छ ।
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]