default_image

2 years ago

January 14, 2024

एन्फा अपिल कमिटीमा एपिएफको उजुरी

1143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन टोली थ्री स्टार क्लबका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले गरेको निर्णयकाविरुद्ध एपिएफ फुटबल क्लबले एन्फा कै अपिल कमिटीमा आइतबार उजुरी दिने भएको छ ।

गत जेठमा सहिद स्मारक ए डिभिजन लिगको खेलका दौरान जेठ २८ गते दशरथ रंगशाालामा जावलाखेल युथ क्लबविरुद्धको खेलमा थ्री स्टारबाट दुई विदेशी खेलाडीले विना भिसा खेलेको प्रमाणित भएपछि त्यस विषयमा जरिवाना मात्र गर्ने एन्फाको अनुशासन समितिको निर्णयविरुद्ध एपिएफ अपिल कमिटी पुगेको हो । एपिएफकै उजुरीमा अनुशासन समितिले छानविन प्रक्रिया अघि बढाएको थियो ।

अनुशासन समितिको पुस १५ गते बसकेको बैठकले थ्री स्टार र ती दुई विदेशी खेलाडी अजयी मार्टिन्स र पिटर सेगुनलाई श्रम स्वीकृती भएपनि विना भिसा खेलेको खेलाएको भन्दै जरिवाना गर्ने निर्णय गरेको बताइएको थियो ।

एन्फाका महासचिव किरण राईले पुस १९ गते एपिएफलाई पठाएको पत्रमा एन्फाको विधान त्यसको अधिनमा बनेको सहिद स्मारक ए डिभिजन लिग फुटबको नियमावली समेतको व्यवस्थाका आधारमा मार्टिन्स र सेगुनले आफ्नो दायित्व पूरा नगरेको भन्दै जनही ५० हजार रुपैयाँ जरिवाना गराउने कारवाही भएको जानकारी गराएका थिए ।

सोही पत्रमा त्यस्तै विना भिसा तथा विना श्रम स्वीकृति खेलाडीहरू सहभागी गराउने थ्री स्टार क्लबले पनि आफ्नो दायित्व पूरा नगरेको पाइएकाले विधान बमोजिम ३ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको जनाइएको थियो। सो निर्णय प्रति असन्तुष्ट रहेकाे एपिएफले अपिल कमिटीमा उजुरी दर्ता गराएको हो ।

संघको अनुशासन समितिले कानुन बमोजिम अयोग्य दुबै विदेशी खेलाडीहरु र थ्री स्टार क्लबलाई नगद मात्र जरिवाना गराइएको पाइएको हुँदा फिफा डिसिपिलिनरी कोड २०२३ संस्करणको‌ १९औं बुँदाको नं. १ र २ बमोजिम र २८औं बुँदाको नं. १ बमोजिम साथै एएफसी डिसिपिलिनरी एण्ड इथिक्स कोड २०१९ संस्करणको बुँदा ५६ को १, २ र ३ बमोजिम प्रतियोगितामा खेलाइएको उक्त खेललाई नै रद्द गराई दोषी टिमले प्राप्त गरेको अंक घटाउनु पर्नेमा सो नगरि जरिवाना मात्र गरिएकोले यस क्लबलाई गम्भिर मर्का पर्न गएको हुँदा पूर्ण रुपमा नियमको पालना गरिदिन हुन अपिल गर्दछौं,’ एपिएफले बुझाएको उजुरी पत्रमा भनिएको छ।

ए डिभिजन लिगको विद्यमान नतिजा समेत संशोधन गरी
प्रतिष्ठित र गरिमामय लिग प्रतियोगितामा खेलप्रेमी र दर्शकहरुको पनि गम्भिर चासो र सरोकार रहेको‌ उल्लेख गर्दै एपिएफले पत्रमा सम्बन्धित सम्पूर्णका लागि उक्त संशोधित नतिजा पुनः प्रकाशन गरिदिन अपिल गरेको छ।

सोही बिषय यसअघि सम्बन्धमा पटक-पटक पत्राचारहरु गरेको स्मरण गराउँदै एपिएफले अगाडि भनेको छ, ‘विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र प्रतियोगिता सञ्चालन सम्बन्धि नियमावलीको मर्म विपरित खेलाइएको उक्त खेलमा एन्फाबाट उक्त क्लब तथा खेलाडीलाई जरिवाना मात्र गरिएको भन्ने जानकारी पत्र प्राप्त भएको हुँदा फिफा र एएफसीमा उल्लेख भए अनुरुपको कारवाही नभएका कारण ए डिभिजनको श्रेणीमा एपिएफ फुटबल क्लबलाई गम्भिर मर्का पर्न गएको हुँदा सो सम्बन्धमा नियमानुसार यथोचित सम्बोधन गरि सो को जानकारी यथाशक्य चाँडो दिन हुन समेत अपिल गर्दछौं ।’

एपिएफले फिफा, एएफसी, युवा तथा खेलकुद मन्त्री, खेलकुद सचिव, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव , एन्फा अध्यक्ष र महासचिव, ए डिभिजन लिग संयोजक र म्याच कमिस्नर , एन्फा अनुशासन समितिको‌ अध्यक्ष र लिगको इन्टिग्रिटी कमिटीलाई‌ उजुरीको बोधार्थ पठाउने भएको छ ।

जावालखेलविरुद्ध १–० को जितपछि थ्री स्टारको ए डिभिजन हैसियत जोगिएको थियो भने एपिएफ बी डिभिजनमा घटुवा भएको थियो । थ्री स्टारले गैरकानुनी रुपमा खेलाडी खेलाएका कारण त्यो खेलको नतिजामा पनि कारवाही स्वरुप थ्री स्टारलाई ३–० ले हारेको निर्णय गर्नुपर्ने एपिएफले माग दाबी गर्दै आएको थियो ।

‘थ्री स्टारले गल्ती गरेको एन्फाको अनुशासन समितिले स्वीकार गरेको छ । तर कारवाही भने आधा मात्र भएको छ ,’ एपिएफ फुटबल कोषाध्यक्ष विजय केसीले भने, ‘निर्णय अधुरो भएकोेले हामीलाई मर्का परेको छ । न्यायका लागि हामी त्यो निर्णयको विरुद्धमा एन्फाकै अपिल कमिटीमा गएका हौं । कमिटीबाट हामीले न्यायको आशा गरेका छौं।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.