12 months ago
January 14, 2024
एजेन्सी – पछि परेको अवस्था उल्ट्याउँदै प्रमुख दाबेदार जापानले एएफसी एसियन कपमा सुखद सुरुवात गरेको छ । २–१ ले पछि परेको भियतनामविरुद्धको खेल ४–२ जित्दै जापानले समूह डी मा ३ अंकका साथ यात्राको सुरुवात गरेको छ ।
खेलको ११औं मिनेटमा मोनाकोका ताकुमी मिनामिनोले गोल गर्दै खेलमा जापानलाई अग्रता दिलाएका थिए । कर्नरबाट आएको बलमा उनले बक्सको बिच भागबाट गोल गरेका थिए ।
तर १–० को अवस्था उल्ट्याउँदै भियतनामले खेलमा अग्रता बनायो । १६औं मिनेटमा बाक दिन्ह न्ग्वेनले गोल गर्दै खेल बराबर पुर्याएका थिए । ३३औं मिनेट तुआन हाई फामले भियतनामका लागि गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि राम्रो प्रदर्शन पस्किदै जापानले खेलमा ३ गोल गर्न सफल भएको थियो । ४५औं मिनेटमा वाटारु एन्डोको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै मिनामिनोले खेल बराबरीमा ल्याएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा जापानले खेलमा पुनः अग्रता लिएका थियोे । मिनामिनो कै पासमा केइटो नाकामुराले गोल गरेपछि जापाको अग्रता अन्तर बढेको थियो । टोलीले चौथो गोल ८५औं मिनेटमा मात्र गर्न सफल भयो । ताकेफुसो कुबोको पासमा आयासे युएडाले गोल गरेका थिए ।
सोही समूहका बाँकी दुई टोली इन्डोनेसिया र इराक भोली भिड्ने छन् । आज राती समूह सी का दुई खेल हुँदै छन् । नेपाली समय अनुसार साँझ ८ः१५ बजे युएई र हङकङ तथा राति ११ः१५ बजे इरान र प्यालेस्टाइनबीच प्रतिस्पर्धा हुनेछ ।
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]