1 year ago
January 15, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । युनाइटेड र टोटेनहमले २–२ गोलको बराबरी खेल्दै अक बाँडेका हुन् ।
युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलमा दुई पटक अग्रता लिएपनि टोटेनहमले बराबरी गोल फर्काउदै खेललाई बराबरीमा ल्याएर अंक खोस्न सफल भएको हो ।
युनाइटेडका रसमुस होइलन्ड र मार्कस रासफर्डले गोल गर्दा टोटेनहमका रिचार्लीसन र रोड्रिगो बेन्टानकरले बराबरी गोल फर्काए ।
आइतबार राति भएको खेलको तेस्रो मिनेटमा नै रसमुसको गोलबाट घरेलु टोली युनाइटेडले १–० को अग्रता लिन सफल भयो । तर, युनाइटेडको त्यो अग्रता लामो समय टिकेन । १९औं मिनेटमा रिचार्लीसनले पेड्रो पोरोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
४०औं मिनेटमा रासफर्डले गोल गरेपछि युनाइटेडले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । रासफर्डले रसमुसको पासमा गोल गर्न सफल भएका थिए ।
तर, युनाइटेडको अर्काे अग्रता पनि लामो समय टिकेन । दोस्रो हाफको शुरुमै रोड्रिगो बेन्टानकरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले यसै विन्टरमा क्लबमा आएका जर्मन फरवार्ड टिमो वेर्नरको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
यस बराबरीसँगै टोटेनहम २१ खेलबाट ४० अंक जोडेर पाँचौं स्थानमा यथावत छ । युनाइटेड समान २१ खेलबाटै ३२ अंक जोडेर सातौं स्थानमा छ । टोटेनहम युनाइटेडभन्दा ८ अंकले अघि छ ।
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]
February 10, 2025
हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]
February 10, 2025
हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]