default_image

6 months ago

January 15, 2024

मिलानलाई सफलता

287 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए फुटबलमा आइतबार एसी मिलानले विजयी भएको छ। मिलानले रोमालाई ३–१ ले हराएको हो ।

मिलानका लागि यासिन अदली, ओलिभर जिरोड  र थियो हर्नान्डेजले समान १ गोल गरेका थिए ।रोमाका लिआन्ड्रो परेडेसले एक गोल फर्काएका थिए ।
अदलीको गोलबाट मिलानले  ११औं मिनेटमा अग्रता लिएको थियो।

५६औं मिनेटमा जिरोडले गोल गरेका थिए। पेरेडेसले ६९ औं मिनेटमा पेनाल्टीमार्फत गोल फर्काउँदै अन्तर कम गराएका थिए। तर खेल सकिन ६ मिनेट बाँकी रहँदा मिलानका हर्नान्डेज  गोल गरेका थिए ।

जितपछि मिलान २० खेलबाट ४२ अंक पुगेको छ र टोलीले अंक तालिकाको तेस्रो स्थानमा छ । शीर्ष स्थानको इन्टर मिलानको ५१ अंक छ । एल खेल कम खेलेको युभेन्टस ४६ अंकसहित दोस्रो स्थानमा छ । रोमा २९ अंकसहित नवौं स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.