default_image

6 months ago

January 15, 2024

दक्षिण कोरियाको विजयी सुरुवात

1296 views

0 Bookmark

एजेन्सी – बहराइन विरुद्ध जित निकाल्दै दक्षिण कोरियाले कतारमा जारी एएफसी एसियन कपमा विजयी सुरुवात गरेको छ । जसिम बिन हमाद रंगशालामा भएको समूह इ अन्तर्गतको खेलमा दक्षिण कोरियाले ३–१ को जित निकालेको हो ।

३९औं मिनेटमा इन–वियोम ह्वांगले गोल गर्दै खेलमा कोरियालाई अग्रता दिलाएका थिए । उनको बक्स भित्रबाट बाट गरेको बायाँ खुट्टाको प्रहार पोस्टको उच्च कर्नरमा पुगेको थियो । ५१औं मिनेटमा भने बहराइनले खेलमा बराबरी गोल गर्यो । अब्दुल्लाह अल हसहासले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

तर त्यसपछि पिएसजीका काङ्ग–इन लिले २ गोल गर्दै दक्षिण कोरियालाई जित दिलाए । ५६औं मिनेटमा बायर्न म्युनिखका किम मिन–जेइको पास लिँदै बक्स बाहिरबाट सटिक फिनिस गरेर टोलीलाई पुनः अग्रता दिलाएका थिए । ६९औं मिनेटमा पहिलो गोलकर्ता ह्वांगको पासमा उनले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

एसियन कपमा आज थप दुई खेल हुँदैछन् । समूह डी अन्तर्गतका खेलमा ८ः१५ बजे इन्डोनेसिया र इराक भिड्ने छन् । सो समूहमा हिजो जापानके भियतनाम माथि ४–२ को जित निकालेको थियो । आज राति ११ः१५ बजे समूह इ का मलेसिया र जोर्डन आमने–सामने हुनेछन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.