default_image

2 years ago

January 15, 2024

सेनेगलको सहज जित

506 views

0 Bookmark

एजेन्सी – आइभरी कोस्टमा जारी अफ्रिका कप अफ नेसन्स (एफकन) मा सोमबार पहिलो खेलमा सेनेगलले सहज जित दर्ता गरेको छ ।

समूह ‘सी’को खेलमा सेनेगलले १० खेलाडीमा सिमित गाम्बिया माथि ३–० ले हराएको छ । सेनेगलका लागि लामिन कमाराले २ र पापा गेयेले १ गोल गरे । चौथो मिनेटमा नै सेनेगलले खेलमा अग्रता लियो । स्टार खेलाडी तथा कप्तान साडियो मानेको पासमा गेयेले गोल गरे ।

पहिलो हाफको अन्तिम समयमा इबु एडम्सले रातो कार्ड पाएपछि गाम्बियाले १० खेलाडीमा सिमित भएर खेल्नु पर्यो । ५२औं मिनेटमा सेनेगलले अग्रता दोब्बर गर्यो । एस्माइला सारको पासमा कमाराले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले नै ८६औं मिनेटमा इलिमान एन्डियाएको पासमा गोल गर्दै जित निश्चित गरे ।

सोही समूहका क्यामरुन र गिनी आज १०ः१५ बजे भिड्दै छन् । राति १ः४५ बजे हुने खेलमा अल्जेरिया र एंगोला भिड्ने छन् ।

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

December 4, 2025

रियलको जितमा एम्बाप्पेको २ गोल

एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई‌ जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो ।‌ उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो […]

Success

Thank you for your time.