default_image

6 months ago

January 16, 2024

जोर्डन र इराक विजयी

243 views

0 Bookmark

एजेन्सी – एएफसी एसियन कप सोमबार इराक र जोर्डन विजयी भएका छन् । इराकले इन्डोनेसिया माथि ३–१ ले हरायो । जोर्डनले मलेसियाविरुद्ध ४–० को जित निकाल्यो ।

समूह डी अन्तर्गत इराकको जितमा १७औं मिनेटमा मोहानाद अलि, पहिलो हाफको इन्ज्युरी समयमा ओसामा राशिद र ७५औं मिनेटमा अइमान हुसेनले समान १ गरे । इन्डोनेसियाका लागि ३७औं मिनेटमा मा फर्डिनानले १ गोल फर्काएका थिए ।

समूह डी मा जापानले पनि भियतनाम माथि ४–२ को जित निकालिसकेको छ । यस्तै समूह इ अन्तर्गतको खेलमा जोर्डनको जितमा भने महम’द अल मार्दी र मूसा अल तमारीले समान २ गोल गरेका हुन् । सो समूहको पहिलो खेलमा दक्षिण कोरियाले बहराइन माथि ३–१ को जित निकालेको थियो ।

एसियन कपमा आज समूह एफका २ खेल हुँदै छन् । साँझ ८ः१५ बजे थाइल्याण्ड र किर्गिस्तान तथा राति ११ः१५ बजे साउदी अरेबिया र ओमान भिड्ने छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.