default_image

2 years ago

January 16, 2024

फिफा वेस्टमा मेस्सीको भोट हालान्डलाई

1523 views

0 Bookmark

एजेन्सी- फिफा द वेस्ट अवार्ड २०२३ को वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका लियोनल मेस्सीले अवार्डको लागि पहिलो मत एर्लिंङ हालान्डलाई दिएको सार्वजनिक भएको छ।

अवार्ड घोषणा भएपछि फिफाले सार्वजनिक गरेको भोटमा मेस्सीले कप्तानका‌ रुपमा हाल्न पाउने मत हालन्डका दिएको सार्वजनिक भएको हो ।

राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, पत्रकार र फिफाको वेभसाइटमा प्रशंसकहरुबाट प्राप्त भोटको आधारमा विजेता घोषणा गरिने अवार्डमा मेस्सीले अर्जेन्टिनाको कप्तानका रुपमा भोट गरेका थिए ।

मेस्सीले आफ्नो पूर्व पेरिस सेन्ट-जर्मेन (पिएसजी) का सहकर्मी किलियन एमबाप्पे भन्दा हालान्डलाई रोज्दै उनले आफ्नो तेस्रो भोट स्वदेशी र म्यानचेस्टर सिटी स्ट्राइकर जुलियन अल्भारेजलाई दिए ।

पुरुष अवार्डको लागि अन्तिम भोटमा निकै प्रतिस्पर्धा भएको थियो । अन्तिमसम्म स्कोर बराबर रहेपनि मेस्सीले हालान्ड भन्दा राष्ट्रिय टोलीका कप्तानहरूबाट धेरै पहिलो स्थानको भोट पाएकोमा लन्डनमा आयोजित समारोहमा उनलाई प्रतिष्ठित पुरस्कारको विजेताको रुपमा घोषणा गरिएको थियो ।

तर शीर्ष तीनमा रहेका कुनै खेलाडी पनि समारोहमा उपस्थित थिएनन् । हालान्ड दोस्रो र एमबाप्पे तेस्रो भए । एमबाप्पे र हालान्डको पहिलो रोजाइ भने मेस्सी नै थिए ।
क्रिस्टियानो रोनाल्डो पुरुषको उत्कृष्ट ११ मा समावेश भएनन् र भोट पनि दिएनन् । उनको स्थानमा पोर्चुगल टोली सहकर्मी पेपेले भोट गर्ने जिम्मेवारी लिएका थिए ।

पोर्टो डिफेन्डर पेपेले मेस्सीलाई आफ्नो शीर्ष तीनमा समावेश गरेनन् – उनले पोर्चुगलका बर्नार्डो सिल्भा, हालान्ड र भिक्टर ओसिमेनलाई रोजे ।

महिलातर्फ स्पेन र बार्सिलोनाकी ऐटाना बोनमटीले उपाधि जितिन् । बोनमटी यस वर्ष बलोन डी ओर विजेता समेत हुन् ।

अन्य पुरस्कार

फिफा सर्वोत्कृष्ट महिला गोलकिपर: मेरी अर्प्स

उत्कृष्ट पुरुष गोलकिपर: एडरसन

सर्वोत्कृष्ट महिला प्रशिक्षक: सरिना विगम्यान

उत्कृष्ट पुरुष प्रशिक्षक: पेप गार्डिओला

फिफा पुस्कस अवार्ड: गुइल्हर्मे मड्रुगा

फिफा विशेष पुरस्कार: मार्टा

फिफा फेयर प्ले अवार्ड: ब्राजिल पुरुष राष्ट्रिय टोली

फिफा फ्यान अवार्ड: ह्युगो डेनियल “टोटो” इनिगेज

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.