1 year ago
January 16, 2024
एजेन्सी- फिफा द वेस्ट अवार्ड २०२३ को वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका लियोनल मेस्सीले अवार्डको लागि पहिलो मत एर्लिंङ हालान्डलाई दिएको सार्वजनिक भएको छ।
अवार्ड घोषणा भएपछि फिफाले सार्वजनिक गरेको भोटमा मेस्सीले कप्तानका रुपमा हाल्न पाउने मत हालन्डका दिएको सार्वजनिक भएको हो ।
राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, पत्रकार र फिफाको वेभसाइटमा प्रशंसकहरुबाट प्राप्त भोटको आधारमा विजेता घोषणा गरिने अवार्डमा मेस्सीले अर्जेन्टिनाको कप्तानका रुपमा भोट गरेका थिए ।
मेस्सीले आफ्नो पूर्व पेरिस सेन्ट-जर्मेन (पिएसजी) का सहकर्मी किलियन एमबाप्पे भन्दा हालान्डलाई रोज्दै उनले आफ्नो तेस्रो भोट स्वदेशी र म्यानचेस्टर सिटी स्ट्राइकर जुलियन अल्भारेजलाई दिए ।
पुरुष अवार्डको लागि अन्तिम भोटमा निकै प्रतिस्पर्धा भएको थियो । अन्तिमसम्म स्कोर बराबर रहेपनि मेस्सीले हालान्ड भन्दा राष्ट्रिय टोलीका कप्तानहरूबाट धेरै पहिलो स्थानको भोट पाएकोमा लन्डनमा आयोजित समारोहमा उनलाई प्रतिष्ठित पुरस्कारको विजेताको रुपमा घोषणा गरिएको थियो ।
तर शीर्ष तीनमा रहेका कुनै खेलाडी पनि समारोहमा उपस्थित थिएनन् । हालान्ड दोस्रो र एमबाप्पे तेस्रो भए । एमबाप्पे र हालान्डको पहिलो रोजाइ भने मेस्सी नै थिए ।
क्रिस्टियानो रोनाल्डो पुरुषको उत्कृष्ट ११ मा समावेश भएनन् र भोट पनि दिएनन् । उनको स्थानमा पोर्चुगल टोली सहकर्मी पेपेले भोट गर्ने जिम्मेवारी लिएका थिए ।
पोर्टो डिफेन्डर पेपेले मेस्सीलाई आफ्नो शीर्ष तीनमा समावेश गरेनन् – उनले पोर्चुगलका बर्नार्डो सिल्भा, हालान्ड र भिक्टर ओसिमेनलाई रोजे ।
महिलातर्फ स्पेन र बार्सिलोनाकी ऐटाना बोनमटीले उपाधि जितिन् । बोनमटी यस वर्ष बलोन डी ओर विजेता समेत हुन् ।
अन्य पुरस्कार–
फिफा सर्वोत्कृष्ट महिला गोलकिपर: मेरी अर्प्स
उत्कृष्ट पुरुष गोलकिपर: एडरसन
सर्वोत्कृष्ट महिला प्रशिक्षक: सरिना विगम्यान
उत्कृष्ट पुरुष प्रशिक्षक: पेप गार्डिओला
फिफा पुस्कस अवार्ड: गुइल्हर्मे मड्रुगा
फिफा विशेष पुरस्कार: मार्टा
फिफा फेयर प्ले अवार्ड: ब्राजिल पुरुष राष्ट्रिय टोली
फिफा फ्यान अवार्ड: ह्युगो डेनियल “टोटो” इनिगेज
February 12, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]
February 12, 2025
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]