default_image

1 year ago

January 16, 2024

थाइल्यान्डसँग कीर्गिस्तान पराजित

806 views

0 Bookmark

एजेन्सी – एएफसी एसियन कपमा मंगलबारको पहिलो खेलमा थाइल्याण्ड विजयी भएको छ । समूह एफमा विजयी सुरुवात गर्ने क्रममा थाइल्यान्डले कीर्गिस्तानलाई २–० ले हरायो ।

फिफा वरियतामा १ सय १३औं स्थानमा रहेको थाइल्यान्डले ९८ औं स्थानको कीर्गिस्तानलाई गराउँन दुबै गोल सुपाचाइ जाइदेद गरे । २६औं मिनेटमा गोल पोस्टको निकै नजिकबाट जाइदेदले गरेको प्रहारले जालि चुम्दा थाइल्यान्डले अग्रता लिएको थियो । ४८औं मिनेटमा उनले दोस्रो गोल गरे ।

जित पछि थाइल्यान्डले समूहको पहिलो खेलमा ३ अंक जोडेको छ । सोही समूहमा साउदी अरेबिया र ओमानबीचको खेल राति ११ः१५ सुरु हुनेछ । सो खेलसँगै एसियन कपमा पहिलो चरणका खेल सम्पन्न हुनेछन् ।

January 24, 2025

गोर्खाली कप फागुन दोस्रो साता हुने

काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]

January 24, 2025

टोटनहमको जितमा सनको २ गोल

एजेन्सी – कप्तान सन ह्युङ–मिनले २ गोलमा टोटनहमले युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित दिलाए । होफेनहाइमको घरेलु मैदान भएको खेलमा टोटनहमले ३-२ को जित हासिल गर्यो । टोटनहमको जितमा सन बाहेक जेम्स म्याडिसनले गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे । खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले […]

January 24, 2025

ब्रुनोको गोलमा युनाइटेडको जित

एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेसले इन्ज्युरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीवार रेन्जर्सलाई २-१ ले हराएको छ। फर्नान्डेसले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रेन्जरका गोलकिपर ज्याक बट्ल्यान्डले आत्मघाती गोल गरेपछि युनाइटेडले ५२ औं मिनेटमा अग्रता लियो। सेरियल डेसेर्सको ८८ औं मिनेटमा बराबरी गोल गर्दैै रेन्जर्सलाई खेलमा फर्काए। तर टोलीले […]

Success

Thank you for your time.