2 years ago
January 18, 2024
एजेन्सी – एएफसी एसियन कपमा लगातार दोस्रो हार बेहोरेको छ । कतारमा जारी प्रतियोगितामा बिहीबार भारत उज्वेकिस्तानसँग ३–० ले पराजित भएको छ । भारतले अष्ट्रेलिया विरुद्धको पहिलो खेल २–० ले गुमाएको थियो ।
एसियन कपमा लगातार दोस्रो पटक छनोट भएको भारतले दोस्रो पटक नै सुरुवातका दुई खेलमा हार बेहोरेको छ । समूह बी अन्तर्गतको खेलको सबै गोल पहिलो हाफमा भएको थियो । सिरिया विरुद्ध बराबरी पछि तीन परिवर्तन गर्दै उज्वेकिस्तानको सुरुवाती ११ मा मौका पाउका खलाडीले नै समान १ गोल गरे ।
ओटाबेक शुकुरोभको हेडर पासमा गोल गर्दै अब्बोशेख फयजुलाएभले गोल गर्दै चौथो मिनेटमा उज्वेकिस्तानलाई अग्रता दिलाएका थिए । १८औं मिनेटमा इगोर सर्गेवले गरेको प्रहार पोस्टमा लागेर फर्किएपछि दोस्रो पटकमा गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्य तिर शेरजोड नस्रुलोएभले तेस्रो गोल गर्दै भारतका लागि दोस्रो हाफमा पुनरागमनको लागि धेरै कसरत गर्नु पर्ने अवस्थामा पुर्याए ।

भारतले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गर्यो । दुई पटक पोस्टमा प्रहार गर्दा भारतले उज्वेक गोलरक्षकबाट राम्रो बचाउ गर्न समेत बाध्य बनायो । जित पछि उज्वेकिस्तानको २ खेलमा ४ अंक छ । अष्ट्रेलिया २ खेलमा ६ अंक बनाउँदै अन्तिम १६ मा छनोट भइसकेको छ । अष्ट्रेलिया विरुद्ध आज हार बेहोरेको सिरियाको १ अंक रहँदा भारत भने अंकविहिन छ ।
समूह चरणको अन्तिम खेलमा अष्ट्रेलिया र उज्वेकिस्तान भिड्दा भारतले सिरियाको सामना गर्ने छ । ६ समूह मध्य शीर्ष दुई टोली सहित चार उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोली पनि अन्तिम १६ मा छनोट हुने भएकाले भारतको नकआउट चरणमा पुग्ने सम्भावना कायम नै छ । तर त्यसका लागि भारतले अन्तिम खेल जित्नै पर्ने हुन्छ । आज नै समूह सी मा रहेका युएई र प्यालेस्टाइनबीत राती ११ः१५ बजे खेल हुँदैछ ।


November 7, 2025
दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]


November 7, 2025
रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]