default_image

6 months ago

January 19, 2024

बार्सिलोना कोपा डेल रे को क्वार्टरफाइनलमा

683 views

0 Bookmark

एजेन्सी – तेस्रो डिभिजनको टोली युनियनिस्टाज सालामाङ्का विरुद्ध पुनरागमन जित निकाल्दै बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ।

गएराति भएको खेलमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बार्सिलोनाले ३-१ को जित निकालेको हो ।

३१औं मिनेटमा जुआन सेरानोको क्रसमा सानदार भली प्रहार गर्दै अल्भारो गोमेजले घरेलु टोली युनियनिस्टाजलाई अग्रता दिलाएका थिए ।

४५औं मिनेटमा बार्सिलोनाले बराबरी गोल गर्न गर्यो । कर्नर पश्चात काउन्टर अट्याकमा जोआओ फेलिक्सको पासमा फेरान टोरसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा बार्सिलोनाले खेलमा पकड बनाइएको थियो।हाभी बन्न सफल भयो । ६९औं मिनेटमा जुल्स कुन्डेले बक्स बाहिरबाट आक्रामक प्रहार गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाए ।

त्यसको चार मिनेट पछि कुन्डेकै पासमा अलेहान्द्रो बाल्डेले गोल गरेपछि खेलमा बार्सिलोना बलियो भएको थियो। कोपा डेल रेको क्वार्टरफाइनलको ड्र शुक्रबार हुने छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.