6 months ago
January 20, 2024
एजेन्सी – इरान एएफसी एसियन कपको अन्तिम १६ मा पुगेको छ । कतारमा जारी प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै इरान नकआउट चरणमा पुगेको हो ।कतार, अष्ट्रेलिया र इराक पनि यसअघि नै अन्तिम १६ मा पुगिसकेका छन्।
समूह सीबाट इरानले शुक्रबार राति नै भएको खेलमा इरानले हङकङलाई १–० ले हराएको थियो। इरानका लागि मेहदी घयादीले गारेको २४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
समूहमा इरान ६ अंकका साथ शीर्ष स्थानमा छ । युएई १ जित र १ बराबरी गर्दै ४ अंकका साथ दोस्रो स्थानमा छ । प्यालेस्टाइन तेस्रो तथा हङकङ चौथो स्थानमा छ ।
त्यसअघि शुक्रबार इन्डोनेसियाले भियतनामलाई १–० ले र इराकले जापानलाई २-१ ले हराएको थियो।
July 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]
July 26, 2024
सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]
July 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]