default_image

6 months ago

January 20, 2024

रेडहर्सको जितमा नवयुगको ह्याट्रिक

2632 views

0 Bookmark

दिपक बोहोरा, इलाम

राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठको ह्याट्रिकसँगै आयोजक रेडहर्स फुटबल क्लबले एनआरएनए इलाम गोल्ड कपमा विजयी सुरुवात गरेको छ ।

भारत दार्जिलिको मानेभन्ज्याङ फुटबल क्लबलाई ४–० ले हराउँदै रेडहर्स सेमिफाइनलमा पुगेको छ । उत्सव राईको गोलबाट खेलको ११ औं मिनेटमा आयोजक टोलीले अग्रता लिएको थियो ।

नवयुगले ५१ औं, ६४ औं र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । नवयुग खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । फिफा रेफ्रीको ब्याच प्राप्त गरेपछि श्याम दनवारले पहिलो खेल खेलाएका थिए ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) , एनएसएल क्लब बुटवल लुम्बिनी एफसी, पाँचथर एफसी, बिर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाहीको पनि सहभागिता छ । प्रतियोगितामा दोस्रो दिन राष्ट्रिय जागृती र बिर्तामोड युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

माघ १३ गते हुने फाइनलको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.