1 year ago
January 21, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका प्रशिक्षक चक्र तामाङका नेपाली यु–१६ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले तामाङलाई नियुक्ती पत्र दिएका थिए ।
तामाङको प्रशिक्षणमा नेपाली टोलीले फागुन १८ देखि २७ सम्म स्वदेशमै आयोजना हुने साफ यू–१६ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिप ललितपुरको च्यासल रंगशालामा हुनेछ ।
यसअघि यू–१८ महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका तामाङ आर्मीको महिला टोलीको मुख्य प्रशिक्षक हुन् । उनले आर्मी पुरुष टिमको सहायक प्रशिक्षकको रुपमा समेत जिमेम्वारी निर्वाह गरिसकेका छन् ।
यु १६ टोलीको सहायक प्रशिक्षकमा भगवती थापा र पासाङ लामा तथा गोलकिपिङ प्रशिक्षकमा गंगाराम देउजा नियुक्त भएका छन् । च्याम्पियनसिपमा नेपालसँगै भुटान, बंगलादेश र भारतको सहभागिता रहेको छ ।
फागुन १९ गते बंगलादेशसँग खेल्दै नेपालले च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ । नेपालले फागुन २१ गते भुटान र फागुन २४ गते भारतसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुनेछ च्याम्पियनसिपमा शीर्ष २ टोलीले फागुन २७ गते फाइनल खेल्नेछन् ।
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]
January 24, 2025
एजेन्सी – कप्तान सन ह्युङ–मिनले २ गोलमा टोटनहमले युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित दिलाए । होफेनहाइमको घरेलु मैदान भएको खेलमा टोटनहमले ३-२ को जित हासिल गर्यो । टोटनहमको जितमा सन बाहेक जेम्स म्याडिसनले गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे । खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले […]
January 24, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेसले इन्ज्युरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीवार रेन्जर्सलाई २-१ ले हराएको छ। फर्नान्डेसले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रेन्जरका गोलकिपर ज्याक बट्ल्यान्डले आत्मघाती गोल गरेपछि युनाइटेडले ५२ औं मिनेटमा अग्रता लियो। सेरियल डेसेर्सको ८८ औं मिनेटमा बराबरी गोल गर्दैै रेन्जर्सलाई खेलमा फर्काए। तर टोलीले […]