default_image

6 months ago

January 21, 2024

ओमान र थाइल्याण्डको गोलरहित बराबरी

412 views

0 Bookmark

एजेन्सी – कतारमा जारी एएफसी एसियन कप अन्तर्गत आइतबार ओमान र थाइल्याण्डले गोलरहित बराबरी खेलेका छन् । अल्दुल्लाह बिन नसिर बिन खलिफा स्टेडियममा समूह एफमा ओमान र थाइल्याण्डले अंक बाढेका हुन् ।

खेल अवधिभर ओमानले वर्चस्व बनायो तर गोल भने गर्न सकेन । दुबै टोलीले खेलमा ६ ओटा प्रहार गरे । अवसरहरू जुटाउन दुबै टोलीलाई गाह्रो भने परेको थियो ।

यो बराबरी सँगै पहिलो खेलमा किर्गिस्तान विरुद्ध जित निकालेको थाइल्याण्डको २ खेलमा ४ अंकसहित शीर्षस्थानमा छ छ । साउदी अरेबिया विरुद्ध हार बेहोरेको ओमानको भने यो पहिलो अंक यहि हो । दोस्रो स्थानको साउदीको ३ अंक छ भने कीर्गिस्तान अंक विहिन छ ।

आज राति ११ः१५ बजे साउदी अरेबिया र कीर्गिस्तान भिड्नेछन् । समूह चरणका अन्तिम चरणमा साउदी र थाइल्याण्ड तथा कीर्गिस्तान र ओमानबीच बिहीबार प्रतिपर्धा हुनेछ ।

मंगलबार देखि समूह चरणका अन्तिम खेलहरु सुरु हुँदै छन् । भोलि समूह ए अन्तर्गत ८ः४५ बजे कतारले चीनको सामना गर्दा ताजिकिस्तान र लेबनान पनि एक अर्कासँग भिड्ने छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.