default_image

2 years ago

January 22, 2024

इलाम गोल्डकप – एनआरटी टाइब्रेकरमा भाग्यमानी

562 views

0 Bookmark

दिपक बोहरा, इलाम

ए डिभिजन क्लब न्यू रोड टिम (एनआरटी)  इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्डकपको  सेमिफाइनलमा प्रवेश गरेको छ ।

सि डिभिजन टोली‌सर्लाहीको बागमती युवा क्लबलाई सोमबार टाइब्रेकर ४-३ ले हराउँदै एनआरटीले अन्तिम ४ को यात्रा  गरेको हो । एनआरटी  पहिलो पटक इलामको मैदानमा उत्रिएको हो ।

ठूलो टुँडिखेलमा आज तेस्रो क्वाटरफाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त १५ मिनेट गोलरहित बराबरीमा‌ टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । बागमतीका कप्तान देवा गुरुङको प्रहार एनआरटीका प्रिसोले रोकेका थिए भने निर्मल घिसिङको प्रहार बाहिरिएको थियो।

बागमतीका लागि विमल घिसिङ, आयुष रानामगर र अभिषेक महतोले गोल गरेका थिए । यस्तै, एनआरटीका सनम लिम्बू, सरोज तामाङ, सुमित श्रेष्ठ र जय गुरुङले गोल गरेका थिए ।

म्यान अफ द म्याच बागमतीका आयुष रानामगरले ५ हजार रुपैयाँ प्राप्त गरे । रेडहर्स फुटबल क्लबको आयोजनामा जारी गोल्डकपमा मंगलबार एनएसएल टिम बुटबल लुम्बिनी एफसी र पाँचथर फुटबल क्लबबीच हुनेछ । गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.