2 years ago
January 23, 2024
पोखर (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले आयुष घलानलाई यो वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मान गर्ने भएको छ ।
प्रतिभा छनोट समितिको सिफारिसम कार्यसमितिले उनलाई सम्मान गर्ने निर्णय गरेको सहारा क्लबले जनाएको छ । ५० हजार ५ रुपैयाँ र सम्मानपत्रबाट उनी सम्मानित हुनेछन् ।
पोखरामा मंगलबार सुरु हुने २३ औं आहा रारा पोखरा गोल्डकपको उद्घाटन अवसरमा आयुषलाई सम्मान गरिने क्लब अध्यक्ष केशवराज बरालले बताए ।
राष्ट्रिय टोलीका सदस्य मिडफिल्डर आयुष हेटौडा उपमहानगरपालिका वडा १८ का बासिन्दा हुन् । उनले अष्टे«लियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । उनले राष्ट्रिय टोलीबाट २२ खेल खेल्दै १ गोल गरेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरेका फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले बर्सेनि सम्मान गर्दै आएको छ ।
कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष एवं क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङको यो पुरस्कारको प्रायोजन गरेका छन् । २०७४ सालदेखि हालसम्म भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ सम्मानित भइसकेका छन् ।
माघ २० गरे सम्म पोखरा रंगशालामा हुने यो वर्षको आहा रारा पोखरा गोल्डकपमा आयोजकसहित १२ टोलीको सहभागिता रहेको छ । आयोजक र थ्रीस्टारबीच उद्घाटन खेल हुनेछ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]